फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्याउबाट लोछ्वानका वासिन्दाको फेरिएको सुन्दर जीवन

(GMT+08:00) 2018-04-05 17:16:41

चीनको पल्लो शानसी प्रान्तीय लो छ्वान जिल्लामा उत्पादित स्याउ निकै प्रसिद्ध छ। लोछ्वान स्याउको स्वाद धेरै मिठो छ तर अमिलो छैन।

लो छ्वान जिल्ला आसपासका गाउँमा जताततै स्याउका मूर्ति र चित्र देखिन्छ। जसबाट मिठो स्याउले स्थानीय वासिन्दाको जीवनमा पुर्‍याएको सुधारप्रति कृतज्ञता ज्ञापन गरेको जर्मनी सम्वाददाता गेल्गमानले त्यहाँ भ्रमण गरेर लेख्नुभयो।

लोछ्वानमा 80 प्रतिशत खेतीमा स्याउ रोपण गरिएको छ। हरेक वर्ष त्यहाँ स्याउको उत्पादन मात्रा दश लाख टन पुग्ने गर्दछ। स्याउ रोप्नेबाहेक स्याउबाट जुस, स्याउ सिरका, सुख्खा स्याउ आदि बनाइन्छ। स्थानीय किसानको 95 प्रतिशत आम्दानी स्याउबाट हुने गर्दछ भने सरदर वार्षिक आम्दानी एक लाख चिनियाँ युआनसम्म हुने गर्दछ।

जानकारी तथा लेखहरु