फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका दुई वटा अधिवेशनमा दक्षिण एशियाली मार्गको निर्माणबारे ध्यानाकर्षण 2

(GMT+08:00) 2018-04-06 20:30:42

सन् 2015 चिनियाँ केन्द्रीय छैठौं तिब्बत कार्य बैठकमा तिब्बतलाई चीनले दक्षिण एशियातर्फ खुला गर्ने महत्वपूर्ण मार्गको रुपमा अपनाउने निश्चित गरिएको थियो। यसका साथै तिब्बत स्वशासित क्षेत्र "बेल्ट एण्ड रोड" प्रस्तावमा नेपाल लगायत वरिपरिका मुलुकहरुतर्फ उन्मुख हुने महत्वपूर्ण हब पनि हो। "दक्षिण एशियाली मार्ग को विकास हालसम्म कस्तो छ" ? यसै मार्च महिनामा आयोजना भएको चीनका दुई वटा अधिवेशनमा यस विषयबारे ध्यान दिइएको छ।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् चिनियाँ रेलमार्ग कम्पनीका भूतपूर्व उप महाप्रबन्धक लु छुन फाङ छिङहाई-तिब्बत रेलमार्ग कम्पनीका भूतपूर्व महाप्रबन्धक हुनुहुन्थ्यो। उहाँले जानकारी दिनुभएअनुसार, तिब्बत-नेपाल रेलमार्गको निर्माणका दुई वटा योजना छन्। पहिलो योजना, तिब्बतको सिगाचेबाट खासा पार भई अन्त्यमा नेपालको काठमाडौं पुग्ने । तर सन् 2015 नेपालको भूकम्पबाट प्रभाव परेका कारण पहाड स्थिर भएन। दोस्रो योजना, सिगाचेबाट केरुङ बन्दरगाह पार भई काठमाडौं पुग्ने। यो लाइनको सबैभन्दा प्राविधिक कठिनाइ केरुङबाट काठमाडौंसम्मको लाइन हो। लु छुन फाङ भन्नुहुन्छ "अनुसन्धान गरेपछि हामीले एक राम्रो लाइन छनौट गर्ने छौं। हामीले पनि छोटो भविश्यमा यो रेलमार्गको निर्माण हुने विश्वास गरेका छौं। चीन-नेपाल रेलमार्गको निर्माण सफल हुने हो भने चीन र नेपाल यी दुबै मुलुक खास गरी नेपालको आर्थिक तथा सामाजिक विकासमा ठूलो प्रभाव पर्ने, काडमाडौं रेलमार्ग ट्रयाक लाइन नभएको इतिहास पनि अन्त्य हुने छ। हामीलाई थाहा छ, आधुनिक रेलमार्ग नभएमा सम्पूर्ण यातायात सञ्जाल नहुने, आर्थिक तथा सामाजिक विकासमा सशक्त यातायात टेवा नपुग्ने निश्चित छ।"

1  2  3  
जानकारी तथा लेखहरु