फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका दुई वटा अधिवेशनमा दक्षिण एशियाली मार्गको निर्माणबारे ध्यानाकर्षण 2

(GMT+08:00) 2018-04-06 20:30:42

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् तिब्बत स्वायत्त प्रदेशको सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत दक्षिण एशिया केन्द्रका उप प्रमुख प्येनपालामूको विचारमा दक्षिण एशियाली मार्गको निर्माणले दुई मुलुकको आर्थिक, व्यापारिक र साँस्कृतिक विकासलाई अगाडि बढाउने छ। उहाँ भन्नुहुन्छ "तिब्बत स्वायत्त प्रदेश र नेपालबीच जोड्ने बन्दरगाह धेरै छन्। दक्षिण एशियाली मार्ग पूरा भएपछि ती बन्दरगाहमार्फत दुई मुलुकको आर्थिक तथा व्यापारिक आवत-जावत अझै‍ सहज हुने छ। दक्षिण एशियाली मार्गले नेपाली सर्वसाधारणको जीवनलाई अगाडि बढाउने छ। दक्षिण एशियाली मार्गको निर्माणले अर्थतन्त्रलाई बढाउनुका साथै सँस्कृतिको संरक्षण गर्ने र निरन्तरता दिनेछ।"

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सरकारको कार्य प्रतिवेदन सुनुवाइ गर्नुभएपछि विशेष अन्तर्वार्ता दिँदै दुई मुलुकको सहयोगप्रति अपेक्षा व्यक्त गर्नुभयो। उहाँ भन्नुहुन्छ "नेपालजस्तो चीनको घनिष्ट छिमेकी मुलुकले चिनियाँ नीतिबाट लाभ लिन सक्नेछ। चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणाबाट मुख्य गरी नेपालको भौतिक पूर्वाधार क्षेत्रमा व्यापक परिवर्तन हुने छ। चीनले उच्च गतिको रेलवे निर्माण तथा विद्युतीय वाणिज्यमा गरेको विकास विश्वका लागि अनुकरणीय हुने छ।"


1  2  3  
जानकारी तथा लेखहरु