फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एक पेटी एक मार्ग"भन्ने सहयोगात्मक तरिका एकदमै प्रभावकारी छ:भारतीय विद्वान

(GMT+08:00) 2018-04-09 15:21:18

एशिया मिडिया शिखर सम्मेलन आज हाई नानको सान यामा आयोजना भएको छ। यस अवसरमा आयोजित एशिया सभ्यता वार्ता कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक बी आर दीपकका अनुसार एशियाका विभिन्न मुलुकले एकआपसबाट विविध ज्ञान हासिल गर्नसकिने छ।

एक पेटी एक मार्ग भन्ने तरिका निकै प्रभावकारी भएको भन्दै यसले विभिन्न मुलुकका नागरिकबीचको आदानप्रदानलाई प्रबर्द्धन गर्नसक्ने बताए। भारत एक ठूलो मुलुक भए तापनि भारतका सामु गरिबी लगायत धेरै समस्या देखापरेको छ र चीनको गरिबी न्यूनिकरणको अनुभव निकै उल्लेखनीय भएको पनि बताए। चालिस वर्षको सुधार तथा खुलापनबाट सात अर्ब जनसंख्यालाई गरिबीबाट मुक्त गराएको पनि उल्लेख गरे र यस पक्षमा पनि भारतले चीनबाट धेरै कुरा सिक्नसक्ने बताए।

जानकारी तथा लेखहरु