फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चीनको अल्पसंख्यक जाति#अल्पसंख्यक जातीय साहित्य तथा कलाको थप विकास तथा तालिम दिने सीपिपिसीका तिब्बती सदस्यको प्रस्ताव-2

(GMT+08:00) 2018-04-10 16:25:59

संस्कृति तथा कला क्षेत्रको सदस्यको रुपमा रहेको चुङयुङचोमाले सांस्कृतिक विकासमा सबैभन्दा धेरै ध्यान दिनुहुन्छ। उहाँका अनुसार, सरकारी कार्य प्रतिवेदनमा सांस्कृतिक दृष्टिबाट उत्कृष्ठ परम्परागत संस्कृतिको कसरी प्रचार गर्ने विषयलाई उठाइएको छ जसले कलाकर्मीलाई छोएको छ। अरु बढी अल्पसंख्यक जातीय कलात्मक दक्षतालाई हुर्काएर विभिन्न जातीय श्रेष्ठ संस्कृतिको उत्तराधिकार तथा विकास गर्ने आशा पनि उहाँले लिनुभयो। उहाँ भन्नुहुन्छ

महासचिवको भनाइ छ कलाकारले उत्कृष्ठ कामदारको उत्पादन गर्नुपर्छ, नैतिक गुण र कलात्मक क्षमताबाट सबै उत्कृष्ठ नेताको विकास गर्नुपर्छ। नेताले अरुलाई प्रशिक्षण, सहयोग तथा नेतृत्व गर्नुपर्छ। छपन्न वटा जातिका हरेक जातिका एक जना मात्रै सफल भएमा पनि निकै फरक हुन्छ जसले स्वजातिका प्रतिभालाई प्रोत्साहन गर्नसक्छ।

यसै वर्षको प्रस्तावमा चुङयुङचोमाले विशेष गरी उल्लेख गर्नुभयो अल्पसंख्यक जातीय उत्कृष्ठ परम्परागत सांस्कृतिक कलाको संरक्षण गर्नु, नयाँ पुस्तामा हस्तान्तरण गर्नु नै चीन राष्ट्रको संस्कृतिको विकास गर्ने महत्वपूर्ण विषय हो र त्यसको मूल अल्पसंख्यक जातीय कलात्मक दक्षताको विकास नै हो। त्यसैले उहाँले प्रस्ताव गर्नुभयो राष्ट्रिय लगानीको आधारमा विभिन्न कला-कलेजमा अल्पसंख्यक जातीय कलात्मक दक्षतालाई तालिम दिने जातीय कक्षा र विभिन्न खालका अल्पसंख्यक तालिम कक्षा खोल्ने साथै सरकारी लगानी र नेतृत्वको आधारमा सीमा क्षेत्रका अल्पसंख्यक जातीय क्षेत्रमा जातीय नाचगान समूहको पुनःगठन गर्ने र यसरी नै महासचिवको निर्देशनको आधारमा घाँसे मैदानको कला समूहको श्रेष्ठ परम्पराको विकास गरी जातीय कला समूहको मूल आधारभूत तहमा राखेर जनतालाई सेवा गर्न सकिन्छ र साथै संस्कृति तथा कलाको नवीन सिर्जनालाई बढाएर अरु बढी सर्वसधारणलाई मन परेको र फैलिरहन सकिने श्रेष्ठ कामदारको उत्पादन गर्नसकिन्छ।

जनतालाई केन्द्रमा राख्नु नै राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि र राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य नियुक्त भएपछि चुङयुङचोमाले दतचित्त भएर कर्तव्यको पालना गर्ने मूल शक्ति हो। केही वर्षयता उहाँले जन्मथलोका जनतामाथि ध्यान दिएर विभिन्न सार्वजनिक कल्याण कार्यक्रममा सक्रियताका साथ संलग्न हुनुभएको छ। जन्मथलोको गरिबी अवस्थाको सुधार गर्न उहाँले प्रतिनिधि र सदस्यको हैसियतले रकम संकलन गरी पानी भण्डार, मार्ग, बिजुली स्टेशनको निर्माण गर्नुभयो जसबाट जन्मथलोमा पानी मान्छे वा घोडाले बोकेर पुर्‍याउने र बिजुली नभएको कुरा अब इतिहास भएको छ। निर्माण भएको मार्गलाई स्थानीय सर्वसाधारणले चुङयुङचोमाको उपनाम तुङमेइ नाम दिएको छ। उहाँ भन्नुहुन्छ

हार्दिकता राखिरहनुपर्छ। जन्मथलोका जनताले मलाई हुर्काएका छन्। त्यसैले मेरो गायनको आधारमा जन्मथलोलाई फिर्ता दिन चाहन्छु। म मेरो गायनमार्फत कथा सुनाउँछु, मेरो गायनमार्फत सीमा क्षेत्रका अल्पसंख्यक जातिलाई प्रोत्साहन गर्छु। हामी अझै राम्रो हुन आवश्यक छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा हामी पक्कै राम्रो हुनेछौँ।

चुङयुङचोमाले भन्नुभएको जस्तो उहाँले आभारी हृदय लिएर जन्मथलोका जनतालाई सहयोग तथा योगदान गरिरहनु हुन्छ। उहाँ विश्वस्त हुनुहुन्छ, सबै जना मिलेर प्रयास गरेमा चीनको भविष्य पक्कै पनि अझै राम्रो हुनेछ।

जानकारी तथा लेखहरु