फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत#"पोआउ समय" पुनःशुरु

(GMT+08:00) 2018-04-12 15:50:41

सन् 2018 को वसन्त ऋतुमा "पोआउ समय" पुनःशुरु भएको छ। चीनको सबैभन्दा ठूलो आर्थिक विशेष क्षेत्र र सुधार तथा खुलापनको झ्याल-हाई नान प्रान्तले विश्वको ध्यानाकर्षण फेरि एकपटक गराउँदैछ। पाँच वर्षअगाडि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्वसमक्ष "चीन सुधार तथा खुलापनमा अडिग भएर लागिरहने" प्रतिवद्धता प्रकट गर्नुभएको थियो। अप्रिल दश तारिखका दिन राष्ट्राध्यक्ष सीले हाई नानमा विश्वलाई चीनको नयाँ चरणको सुधार तथा खुलापनको ब्लुप्रिन्टबारे व्याख्या गर्नुहुने योजना छ।

सन् 2013 पोआउ एशिया मञ्चको वार्षिक सम्मेलनमा सहभागी चिनियाँ तथा विदेशी उद्योग-व्यवसायका 32 जना जिम्मेवार व्यक्तिले सीसँग केही जिज्ञासा राखेका थिए। त्यस अवधिमा सीले दृढताका साथ र आत्मविश्वासका साथ जवाफ दिनुभएको थियो। उहाँले चीनको खुलापनको ढोका बन्द नहुने कुरामा जोड दिनुभएको थियो।

सन् 2013को शरद ऋतुमा मध्य-एशिया तथा दक्षिण-पूर्वी एशियाको भ्रमणका दौरान सी चिनफिङले "रेशमी मार्गको आर्थिक पेटी" र "21औं शताव्दी समुद्री रेशमी मार्ग"का प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो। उहाँले "बेल्ट एण्ड रोड" प्रस्तावको उद्देश्य आवद्ध मुलुकहरूसँग चीनको विकास सुअवसर बाँड्नु र साझा समृद्धिको सपना साकार तुल्याउनु हो भनेर बताउनुभएको थियो।

विगत पाँच वर्षमा चीनले चालीस वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनसँग सहयोगात्मक सम्झौता पत्रमा हस्ताक्षर गरेको, तीस वटा मुलुकसँग उत्पादन क्षमताको सहयोग गरेको, आबद्ध मुलुकहरूमा पचास अर्ब अमेरिकी डलरको लगानी गरिसकेको छ। एशियाली पूर्वाधार लगानी बैंकले "बेल्ट एण्ड रोड"को निर्माणमा संलग्न भएका मुलुकहरूलाई एक अर्ब सत्तरी करोड अमेरिकी डलर ऋण दिएको छ।

सन् 2013 शांगहाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्र स्थापित भएको थियो। सीले स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रको निर्माण चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले नयाँ परिस्थितिमा सुधार तथा खुलापनलाई अगाडि बढाउने एक महत्वपूर्ण कदम हो भन्ने कुरा बताउनुभएको थियो।

सन् 1978 डिसेम्बर महिनामा चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा चीनले सुधार तथा खुलापनको नीति लागू गर्ने निर्णय गरिएको थियो। पाँच हजार वर्षको दीर्घकालीन इतिहास र सँस्कृति रहेको चीनले विश्वका लागि ढोका खोल्न थालेको थियो।

चीनका सर्वोच्च नेताका आँखामा एक अर्ब तीस करोड जनसंख्याको ठूलो मुलुकले आधुनिकीकरणको सपना साकार तुल्याउनका लागि आफ्नो बाटो हिँड्नुपर्ने छ।

अर्को एक वर्षपछिको वसन्त ऋतु आएको बेलामा घाँस हरियाली देखिएको छ। सन् 2018 मा चीनको कूटनीतिको प्रथम कार्यक्रमको रुपमा पोआउ एशिया मञ्चको वार्षिक सम्मेलनमा विश्वले पोआउ बस्तीमा नयाँ युगमा चीनको आवाज सुन्ने अपेक्षा लिएको छ।

जानकारी तथा लेखहरु