फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# पै रङ गाउँ-चीनको नयाँ ग्रामीण निर्माणको सूक्ष्म छबि

(GMT+08:00) 2018-04-13 16:21:46

पै रङ गाउँ चीनको हाई नान प्रान्तीय छ्युङ हाई शहरमा पर्दछ। धेरै पर्यटकहरु आफ्नो विदा मनाउन त्यहाँ जाने गर्दछन्। सन् 2015 मा पो आउ एशिया मञ्चको दौरान चीनका राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती फङ ली युआनले विदेशी नेताहरूका श्रीमतीहरूलाई पै रङ गाउँको अवलोकन गर्न निमन्त्रण गर्नुभयो। त्यसपछि पै रङ गाउँको पर्यटन ट्रेड मार्का तीब्र रुपमा प्रसिद्ध बनेको छ। फङ ली युआनले पै रङ गाउँ चीनको समाजवादको नयाँ ग्रामीण निर्माणको सूक्ष्म छबि भएको बताउनुभयो।

काउ ली त्यहाँका संगीत शिक्षिका र पै रङ गाउँका व्याख्याकर्ता पनि हुनुहुन्छ। उहाँले पत्रकारसँग भनेअनुसार, सन् 2015 मा उहाँले व्याख्याकर्ताको हैसियतमा फङ ली युआन र विदेशी नेताहरूका श्रीमतीहरूका लागि पै रङ गाउँको सुन्दर ग्रामीण निर्माणबारे जानकारी दिनु भएको थियो। काउ ली भन्नुहुन्छ "फङ ली युआनले सर्वसाधारणहरुसँग हात मिलाउनुभयो। उहाँले सर्वसाधारणहरूलाई राम्रोसँग काम गर्न प्रोत्साहन गर्नुभयो। उहाँले भन्नुभयो, आगामी दिनमा समस्त चीनलाई पै रङ गाउँ नामक एक सुन्दर गाउँको बारेमा थाहा हुनेछ र विश्वलाई पनि थाहा हुनेछ। भविश्यमा पै रङ गाउँका केटालाई विवाह गर्न सजिलो हुनेछ।"

केही वर्षअघिको पै रङ गाउँ हिल्लाम्मे सडक रहेको र फोहोर पानी बग्ने गरिब गाउँ थियो। स्थानीय वासिन्दाको आम्दानीको मुख्य श्रोत सुपारी लगायतका उष्ण कटिबन्धको खेती मात्र थियो। युवायुवती रोजगार पाउन शहर जान्थे। सन् 2014 मा पै रङ गाउँमा सडक, पानी र विजुली, फोहोर पानीको निष्काशनआदि आधारभूत प्रबन्धको सुधार गरियो। सुधारका क्रममा पै रङ गाउँले पै रङ गाउँको प्राकृतिक दृश्यलाई कायम राखेको छ।

1  2  
जानकारी तथा लेखहरु