फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# पै रङ गाउँ-चीनको नयाँ ग्रामीण निर्माणको सूक्ष्म छबि

(GMT+08:00) 2018-04-13 16:21:46

ग्रामीण पर्यटन र गरिबी निवारण जोड्ने ढाँचाले शहर गएका वासिन्दालाई जन्मथलो फर्कन आकर्षित गरेको छ। काउ लीका अनुसार, रोजगार गर्न जन्मथलो फर्कनु स्थानीय वासिन्दाका लागि राम्रो अवसर हो। एकातिर, उनीहरूले घरका बृद्धबृद्धा र बच्चाको हेरचाह गर्न सक्छन् भने अर्कातिर, उनीहरूले खेतीयोग्य काम पनि गर्न सक्छन्। आम्दानीमा पनि बृद्धि भएको छ। काउ भन्नुहुन्छ "सुन्दर गाउँको निर्माण भएपछि स्थानीय वासिन्दालाई सबैभन्दा शुखी लागेको कुरा के हो भने एक परिवारले सुखमय रुपमा जीवन बिताउन पाउनु हो। युवायुवती जागिर खोज्न शहर जाने र घरमा छोडिएका बृद्धबद्धा र बच्चाको समस्या पनि अब रहने छैन। अहिले गाउँ सुन्दर बनेको छ। स्थानीयको आम्दानीमा पनि बृद्धि भएको छ।"

पै रङ गाउँले दृश्यलाई व्यवसायको रुपमा परिणत गरेको छ। स्थानीय वासिन्दाले "निलो पानी र हरियो पहाडसँगै सुनौलो पहाड र सेतो पहाड हो" भन्ने अनुभव गरेका छन्। तथ्यांकअनुसार, पै रङ गाउँले हरेक वर्ष पाँच लाख पर्यटक भित्र्याएको छ। स्थानीय वासिन्दाको प्रति व्यक्ति सरदर वार्षिक आम्दानी सन् 2014 को नौ हजार चिनियाँ युआनबाट बढेर हाल एकाईस हजार चिनियाँ युआन पुगेको छ।

"छाउ ल्याउ कफी घर" सुन्दर गाउँ निर्माण शुरु भएपछि पहिलो पसल हो। कफी घरका मालिक वाङ छ्यौ स्याङ रोजगार पाउन घर छोडेको सत्र वर्ष भयो। सुन्दर गाउँको निर्माण शुरु भएपछि उहाँले पहिलेको कामबाट राजीनामा गर्नुभयो र जन्मथलो फर्किनुभयो। सन् 2015 मा फङ ली युआनले विदेशी नेताहरूका श्रीमतीहरूलाई पै रङ गाउँको अवलोकन गर्न निमन्त्रण गर्नुभएको बेलामा त्हयाँको कफी चाख्नुभयो। वाङ छ्यौ स्याङ भन्नुहुन्छ "पहिले मैले साथीलाई हाम्रो गाउँ आउन ल्याउने आशा लिएको थिएन। हाल मैले उनीहरूलाई हाम्रो गाउँ आउन निमन्त्रण गर्नका लागि विच्याटबाट सन्देश पठाएको छु। पहिले म बाहिर काम गर्दा महिनाको एक हजार चिनियाँ युआन कमाउँथेँ। जन्मथलोमा कफी घर खोलेपछि मेरो घरको पैसा बाहिर काम गरेको दश वर्षमा कमाएको जम्मा पैसाभन्दा धेरै छ।"


1  2  
जानकारी तथा लेखहरु