फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पैचिङमा जारी

(GMT+08:00) 2018-04-16 16:36:11

आठौं पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हिजो अप्रिल पन्ध्र तारिखदेखि पैचिङमा शुरु भएको छ। आठ वर्षदेखि जारी यस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले चिनियाँ तथा विदेशी चलचित्रबीच आदान-प्रदान तथा सहयोगका लागि महत्वपूर्ण चौतारो उपलव्ध गराएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत पैचिङ शहर समितिका स्थायी सदस्य, पैचिङ शहरको प्रचार विभागका प्रमुख,पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संयोजन समितिका उपाध्यक्ष तु फै चिनले उद्घाटन समारोहलाई सम्बोधन गर्दै सन् 2010 मा पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको स्थापनादेखि त्यसले चलचित्र सँस्कृतिको विकास गरेको कुरा बताउनुभयो। उहाँले चलचित्र एउटा विश्वव्यापी भाषा भएको बताउँदै यस पटकको महोत्सवमा पचास भन्दा बढी मुलुक तथा क्षेत्र र तीन सय भन्दा बढी चिनियाँ तथा विदेशी संस्थाका पन्ध्र हजार जना अतिथि सहभागी भएको जानकारी गराउनुभयो। उहाँका अनुसार सहभागीहरूले पैचिङमा भेला भएर विश्व चलचित्र कलाको समृद्धिलाई अघि बढाउने धारणा बनाउन सक्नेछन्।

पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको स्थापना प्रक्रिया चीनको चलचित्रको विकासको एउटा प्रक्रिया पनि हो। यताका केही वर्षदेखि चीनको चलचित्र उद्योगले समृद्धि तथा विकासको स्वर्ण अवधि शुरू गरेको छ।

यस पटकको पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अप्रिल पन्ध्र तारिखदेखि बाइस तारिखसम्म चल्ने छ। महोत्सवमा "टेम्बल हेभन पुरस्कार"छान्ने तथा चिनियाँ र विदेशी उत्कृष्ट चलचित्रहरुको प्रदर्शनी तथा चलचित्र सम्बन्धी वार्ता तथा मञ्च लगायत कार्यक्रमहरु समावेश छन्।

जानकारी तथा लेखहरु