फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # हङ्कङ् तथा मुख्यभूमिका विद्यालयका युवा प्रमुख मञ्च हङ्कङ्मा आयोजना

(GMT+08:00) 2018-04-16 16:42:22

पहिलो हङ्कङ् तथा मुख्यभूमिका विद्यालयका युवा प्रमुख मञ्च गत मार्च चौब्बीस तारिख हङ्कङ् खुला विश्वविद्यालयमा आयोजना गरिएको थियो। हङ्कङ् तथा मुख्यभूमिका विद्यालयका युवा प्रमुखहरूले भेला भई चीन राष्ट्रको सँस्कृतिको कसरी उत्तराधिकार गर्ने, शिक्षकको इज्जत उकास्ने र मातृभूमि सम्बन्धी विद्यार्थीहरूको माया र गौरवलाई अझै बढाउने विषयबारे विचार-विमर्श गरेका थिए।

उक्त मञ्च अखिल चीन युवा संघ, हङ्कङ्का लागि केन्द्रीय जन सरकारको सम्पर्क विभाग अन्तर्गत युवा कार्यालय, हङ्कङ् विशेष प्रशासनिक क्षेत्रको सरकारी शिक्षा ब्यूरो, "विज्ञान" पत्रिका एजेन्सी र हङ्कङ् शैक्षिक कर्मचारी संघको संयोजकत्वमा आयोजना गरिएको हो। हङ्कङ् विशेष प्रशासनिक क्षेत्रको शिक्षा ब्यूरोका प्रथम सहायक महासचिव रोङ पाउ शुले मञ्चको उद्धाटन समारोहलाई सम्बोधन गर्दै सो मञ्चले हङ्कङ् र मुख्य भूमिका विद्यालयका युवा प्रमुखहरूका लागि सिर्जनशील श्रेष्ठ व्यक्ति हुर्काउने चौतारो उपलब्ध गराएको कुरा औँल्याउनुभएको छ। उहाँ यसरी भन्नुहुन्छ:

"नयाँ युगको शैक्षिक अभिलाषा" भन्ने हाम्रो यस मञ्चको मुख्य नारा रहेको छ। सो मञ्चमार्फत एउटा खुलस्त चौतारो उपलब्ध गराइएको छ। मञ्चमा हङ्कङ् र मुख्य भूमिका विशेषज्ञहरूले यस पटकको शैक्षिक छलफलमार्फत देशको भावी विकासको रोड म्यापबारे सोच-विचार गरेका छन्। यसका साथै हामीले यस मौकामार्फत सिर्जनशील विचारलाई बढाउने र भावी दिनमा श्रेष्ठ व्यक्ति हुर्काउने क्षेत्रमा विद्यालयका प्रमुखले कसरी भूमिका निर्वाह गर्ने भन्ने विषयबारे पनि विचार-विमर्श गरेका छौं।

सिर्जनशील श्रेष्ठ व्यक्तिलाई हुर्काउनु बाहेक उक्त मञ्चमा "चिनियाँ सँस्कृतिको उत्तराधिकार" र "शिक्षकको इज्जतलाई माथि उकास्ने" भन्ने यी दुइवटा विषय पनि निश्चित पारिएको छ। हङ्कङ् खुला विश्वविद्यालयका प्रमुख प्राध्यापक ह्वाङ यु शानले चीनका राष्ट्राध्यक्ष सी चिन फिङले तेह्रौं राष्ट्रिय जनकाँग्रेसको पहिलो अधिवेशनलाई गर्नुभएको महत्वपूर्ण सम्बोधनमा मुख्यत: चीनको परम्परागत सँस्कृतिबारे जानकारी दिएको कुरा औँल्याउनुभएको छ। त्यसबाट के प्रमाणित छ भने चिनियाँ सँस्कृति नै मानव जातिको विकास र प्रगतिलाई सकारात्मक प्रभाव पार्ने सशक्त शक्ति हो। प्रमुख ह्वाङ यसरी भन्नुहुन्छ:

1  2  
जानकारी तथा लेखहरु