फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गान्देन गुम्बा

(GMT+08:00) 2018-04-17 09:23:10
गान्देन गुम्बा तिब्बत स्वायत्त प्रदेशको ल्हासाको पूर्वी क्षेत्रस्थित ताज जिल्लामा पर्ने वानपोर पहाडमा पर्दछ । सो गुम्बा ल्हासादेखि सन्ताउन्न किलोमिटर टाढा रहेको छ । सो गुम्बा गेलुक सम्प्रदायका संस्थापक चुङ्गखापाले मिङ वंशको 1409 सालमा स्थापना गरेका हुन्। सो गुम्बा गेलुक सम्प्रदायको पहिलो गुम्बा हो। गान्देन गुम्बा र ड्रेबुन गुम्बा, सेरा गुम्बालाई तिब्बतका तीन वटा मुख्य गुम्बाको रुपमा मानिन्छ।

पन्ध्रौँ शताब्दीको शुरुवात् चुङ्गखापाले धार्मिक सुधार आन्दोलन चालेका थिए। उनले पुरानो तिब्बती बौद्ध धर्मका केही बेफाइदा छोडेर गादाङ सम्प्रदायको सिद्धान्त लिएर गेलुक सम्प्रदाय स्थापना गरे। त्यसैले गेलुक सम्प्रदायलाई नयाँ गादाङ सम्प्रदाय पनि भनिन्छ। साथै यस सम्प्रदायका धर्मावलम्बीहरुले पहेँलो टोपी लगाएकाले पहेँलो सम्प्रदाय पनि भनिन्छ। सन् 1409 को सुरुमा चुङ्गखापाले जोखाङ गुम्बाअगाडि सफलताका साथ ठूलो धार्मिक भेला कार्यक्रमको भव्य रुपमा आयोजना गरेका थिए। जसबाट उनले धार्मिक सिद्धान्तको रुपमा सारा धर्मवलम्बी र सर्वसाधारणको स्वीकार र उपासना पाएको देखिएको छ। गान्देन गुम्बाको स्थापना भएबाट गेलुक सम्प्रदायको आफ्नो बोधी मन्डला रहेको र धार्मिक सुधारको आधारमा पहेँलो सम्प्रदाय स्थापना भइसकेको अर्थ रहेको छ। विकास हुँदाहुँदै पहेँलो सम्प्रदाय बल्ल तिब्बती बौद्ध धर्मको सबभन्दा ठूलो सम्प्रदाय बनेको छ।

टाढाबाट देख्न सकिने वानपोर पहाड हात्तीजस्तो देखिन्छ । हात्तीको पिठ्युँमा थुप्रा थुप्रा थुम्का जस्ता गुम्बाहरु स्थापना गरिएका छन् । त्यसैले गान्देन गुम्बा निकै भव्य देखिन्छ । यसरी परम्परागत तिब्बती बौद्ध धर्म सम्बन्धी यो गुम्बाले स्थानीय भौगोलिक विशेषताको आधारमा आफ्नो परिचयलाई समेटेको छ । गुम्बामा गेलुक सम्प्रदायका विभिन्न नेता अथवा गान्दाइन ख्रिपाको शव राखिएका टावरहरु जम्मा गरी नब्बेभन्दा बढी छन्। त्यहाँ मिङ वंशदेखि विभिन्न वंशका धेरै मूल्यवान पुरातात्विक वस्तुहरु र कलाका नमुनाहरु पनि रहेका छन्।

सयौं वर्षदेखि गान्देन गुम्बामा धेरै भव्य भवनहरु स्थापना भएका छन् । सबैभन्दा फैलिएको समयमा सो गुम्बाको कूल क्षेत्रफल एक लाख पचास हजार किलोमिटर पुगेको थियो । सन् 1419 मा गेलुक सम्प्रदायकाबीच स्थापित संस्थापक चुङ्खापाको सोही गुम्बामा निधन भएको थियो। हाल उनको शव राखिएको टावर अझै गुम्बामा रहेको छ। चुङ्खापाले धार्मिक शास्त्र अभ्यास गर्ने गुफा गुम्बाको पूर्वतिरको सर्वोच्च क्षेत्रमा पर्छ यो नै प्रसिद्ध ऐतिहासिक दृश्य पनि बनेको छ। त्यसको तल्लो भाग उनी सुत्ने कोठा हो र त्यहाँ चुङ्खापाको धर्मग्रन्थ, धार्मिक पोशाक, लाहाछाप आदि अवशेषहरु राखिएका छन्।

गान्देन गुम्बामा धेरै मूल्यवान् तथा महत्वपूर्ण विभिन्न पुरातात्विक वस्तु रहेका छन् । सन् 1757 मा छिङ् वंशका राजा छ्येन लोङ्गले सो गुम्बामा विभिन्न धेरै मूल्यवान वस्तुहरु दिएका थिए। ती वस्तुहरुमध्ये थुप्रै सुन चाँदी राखिएर हान जाति, मान जाति, मंगोलिया जाति, तिब्बती जाति यी चार किसिमका अक्षर लेखिएको कवच, सुनबाट बनाएका धर्मग्रन्थ "गाङयुर", सोर्‍ह अर्हट र भिरुधाक, धृतराष्ट्र, विरुपाक्ष, धनाड आदि कुँदिएको चौब्बीस वटा थाङ्का श्रृखंला लगायत धेरै मूल्यावान् रहेका छन् । सो बाट मिङ् वंश र छिङ् वंशमा केन्द्रीय शासन र तिब्बतको स्थानीय शासनसँग धेरै घनिष्ठ सम्बन्ध रहेको छ । तीमध्ये सो चौब्बीस वटा थाङ्का श्रृखंला हरेक वर्ष तीन सातासम्म प्रदर्शन हुने गरेको छ जसलाई पनि पनि वार्षिक भव्य गान्देन थाङ्का पर्व पनि भनिन्छ।

विहान नौ बजेदेखि दिउँसो चार बजेसम्म गान्देन गुम्बा खुला हुन्छ र त्यस्को टिकट मूल्य 45 युआन लाग्छ। हरेक विहान छ बजे जोखाङ गुम्बा नजिकको लुगु पार्किङ्ग स्थलमा उता जाने बस छ। बसको टिकट मूल्य दश युआन लाग्छ अनि त्यहाँ पुग्न लगभग दुई घण्टा लाग्छ। दिउँसो तीन चार बजे सोही बसबाट फर्किन सकिन्छ। फर्किँदा बीचको साङआ गुम्बामा रोकेर केहीबेर अवलोकन गराइन्छ। ट्याक्सीमा जाँदा भने जति दुई सय युआन जति लाग्न सक्छ।

जानकारी तथा लेखहरु