फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत#क्वाङ्चौ बैकिङ्ग प्रचारप्रसार मेला,2018

(GMT+08:00) 2018-04-19 16:38:26

क्वाङ्चौ शहरको बैकिङ्ग काम व्यूरो、क्वाङ्चौ सरकार वैदेशिक मामिला कार्यालय、क्वाङ्चौ अन्तर्गत चु हाइ क्षेत्र सरकारको संयुक्त संयोजनमा क्वाङ्चौ बैकिङ्ग व्यापार तथा लगानी व्यवस्थापन लिमिडेट कम्पनी、चु हाइ क्षेत्रको विकास तथा सुधार व्युरो、क्वाङ्चौ छ्वाङ्ग थ्वौ क्षेत्र लगानी व्यवस्थापन लिमिडेट कम्पनीले सन्2018 क्वाङ्चौ बैकिङ्ग प्रचारप्रसार मेलाको आयोजना गरेका छन्।

विश्वसमक्ष क्वाङ्चौको बैकिङ्ग अनुहार、बैकिङ्ग नियम तथा बैकिङ्ग उपलब्धीको जानकारी दिनका लागि उक्त मेलाको आयोजना गरिएको हो। क्वाङ्चौका लागि ब्राजिल、पेरु、ग्रीस、 सिंगापुर、 साऊदी अरब、 पोर्चुगल、 इक्वेडर、 इजरायल 、कतार 、मेक्सिको、 सेनेगल、 जाम्बिया 、दक्षिण कोरिया、 अमेरिका、भारत、चिली आदि मुलुकका वाणिज्यदूतावास、विदेशी पूँजीबाट संचालित व्यवसाय、सरकारी स्वामित्वयुक्त व्यवसाय、नीजि व्यवसाय、बैकिङ्ग संस्थाबाट आएका लगभग दुई सयभन्दा बढी अतिथिले यस मेलामा भाग लिएका छन्।

क्वाङ्चौ सरकारका उप महासचिव काउ यु याउले यस मेलामा भाषण दिनुभएअनुसार चालू वर्षको मार्च 26 तारिख 23औं"सारा विश्व बैकिङ्ग केन्द्र सूची"चीनको छिङ्ग ताउ शहरमा सार्वजनिक भएको छ। क्वाङ्चौ शहर लगातार तीन पटक गरी यस सूची सिस्टममा प्रवेश गरेको देखिन्छ। जनगणतन्त्र चीनमा पहिलो रुपमा थाइ पै शहरभन्दा अगाडि रहेर पाँचौं स्थान ओगटेको क्वाङ्चौ लस एन्जलस、सनफ्रान्सिस्को आदि शहरहरू सँगसँगै परिपक्व अन्तर्राष्ट्रिय बैकिङ्ग केन्द्र बनेको छ। यसप्रति उप महासचिव काउले जानकारी दिनुभएअनुसार सुधार तथा खुलापनको चालीसौं वार्षिकोत्सवको उपलक्ष्यमा क्वाङ्चौले क्वाङ्ग तुङ्ग, हङ्कङ्, र मकाउ थाइवान क्षेत्रको निर्माणलाई एक अवसर लिँदै एक पेटी एक मार्गको अवधारणा र स्वतन्त्र व्यापार क्षेत्र रणनीति बमोजिम क्वाङ्चौको बैकिङ्ग व्यवसायको खुलापनको स्तरलाई उकास्ने भएको छ। उहाँले क्वाङ्चौस्थित विभिन्न मुलुकका वाणिज्यदूतावासले सहयोग गर्दै क्वाङ्चौको बैकिङ्ग निर्माणमा भाग लिनसक्ने आशा गर्नुभएको छ।

1  2  
जानकारी तथा लेखहरु