फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # सी चिन फिङको नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको प्रचार-प्रसार सम्मेलन प्यालेष्टाइनमा आयोजना

(GMT+08:00) 2018-04-23 16:05:31

सी चिन फिङको नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको प्रचार-प्रसार सम्मेलन गत अप्रिल पाँच तारिख जोर्डन नदीको पश्चिमी किनारमा पर्ने रामाल्लाह शहरमा सफलताका साथ आयोजना गरियो। प्यालेष्टाइनका पार्टी, राजनीतिक, शैक्षिक र वैज्ञानिक क्षेत्रका मैत्रीपूर्ण व्यक्तिहरू गरी तीन सयभन्दा बढी सम्मेलनमा सहभागी थिए।

उक्त सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत वैदेशिक सम्पर्क मन्त्रालयका उपमन्त्री ली च्युनले सर्वप्रथम प्यालेष्टाइनका विभिन्न पार्टी समूहका नेताहरू र विभिन्न क्षेत्रका प्रतिनिधिहरूसमक्ष चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनमा प्राप्त सबैभन्दा महत्वपूर्ण सैद्धान्तिक प्रतिफलबारे जानकारी दिनुभएको छ। उहाँ यसरी भन्नुहुन्छ:

कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनमा प्राप्त सबैभन्दा महत्वपूर्ण सैद्धान्तिक प्रतिफल के छ भने नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवाद सम्बन्धी सी चिन फिङको विचारधारालाई हाम्रो पार्टीले दीर्घकालीन रुपमा कायम राख्ने निर्देशित विचारधाराको रुपमा निश्चित पारेको छ। केही समयअघि सम्पन्न तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो अधिवेशनले संविधानको संशोधित मस्यौदालाई पारित गर्दै राष्ट्रिय मुलभुत कानुनको स्वरुपमार्फत देशको राजनीतिक र सामाजिक जीवनमा सी चिन फिङको नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको निर्देशित स्थानलाई पनि निश्चित पारेको छ। यस वर्ष चीनको सुधार र खुलापन नीति लागु भएको चालीसौं वार्षिकोत्सव पर्दछ। चीनको आर्थिक समाजमा ऐतिहासिक परिवर्तन हुनुका साथै चिनियाँ विशेषतायुक्त समाजवादले पनि नयाँ युगमा प्रवेश गरेको देखिन्छ।

प्यालेष्टाइनी मुक्ति संगठन फताहको केन्द्रीय समितिका सदस्य एवं अरब सम्बन्ध र चिनियाँ मामिला विभागका प्रमुख अब्बास जाकीले उक्त सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत वैदेशिक सम्पर्क मन्त्रालयको प्रतिनिधि मण्डलको प्यालेष्टाइन भ्रमणको ज्यादै महत्वपूर्ण अर्थ रहेको छ। उहाँ यसरी भन्नुहुन्छ:

चिनियाँ कम्युनिष्ट पार्टीले सफलताका साथ 19 औँ महाधिवेशनको आयोजना गरेको थियो भने यस वर्षका दुई अधिवेशन गत मार्च महिनामा सफलताका साथ सम्पन्न भएको थियो। सी चिन फिङ चिनियाँ राष्ट्राध्यक्ष पुन: निर्वाचित हुनुभएको छ। उहाँ एकजना महान नेता हुनुहुन्छ। चिनियाँ प्रतिनिधि मण्डलको यस भ्रमण प्यालेष्टाइन सामु निकै कठिन र महत्वपूर्ण स्थिति आइपरेको बेखतमा गरिएको छ। त्यसबाट चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले प्यालेष्टाइनलाई गरेको दृढ समर्थन प्रष्ट हुनुका साथै विश्व परिस्थिति जसरी परिवर्तित भए तापनि चीन प्यालेष्टाइनको साथी रहिरहने र चीनले दृढताका साथ प्यालेष्टाइनलाई समर्थन दिँदै जाने प्रतिबिम्बित गरिएको छ।

यो वर्ष प्यालेष्टाइन स्थापना भएको तीसौँ वार्षिकोत्सव हुनुका साथै चीन र प्यालेष्टाइन बीचको दौत्य सम्बन्ध कायम भएको तीसौँ वार्षिकोत्सव पनि पर्दछ। प्यालेष्टाइन-चीन मैत्री संघका अध्यक्ष अदनान सामाराले यस पटकको प्रचार-प्रसार सम्मेलन निकै सफल भएको मूल्याङ्कन गर्नुभयो। उहाँ यसरी भन्नुहुन्छ:

प्रचार-प्रसार सम्मेलन निकै सफल र महत्वपूर्ण रहेको छ भने चिनियाँ र प्यालेष्टाइनी जनता बीच निकै गहिरो मित्रता रहेको छ। चीनले सफलता कसरी प्राप्त गरेको, के कस्ता नीति अपनाएको र सामना परेका समस्याको कसरी समाधान गरेको आदि विषयहरू हामी प्यालेष्टाइनी जनताका लागि जानकारी लिनुपर्छ।

जानकारी तथा लेखहरु