फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चीनको पहाडी रङ्गीचङ्गी क्विचौ फोटो प्रदर्शनी

(GMT+08:00) 2018-04-24 15:15:53

काठमाडौँमा चीनको क्विचौ प्रान्तको प्राकृतिक सौन्दर्य झल्कने फोटो प्रदर्शनी गरिएको छ। पहाडी रङ्गीचङ्गी क्वचौ शीर्षकमा अप्रिल २४ तारिख मंगलबार काठमाडौँस्थित राष्ट्रिय सभागृह गरिएको प्रदर्शनीमा ४५ वटा फोटोहरु समावेश रहेका छन्। सुन्दर फोटोहरुमा क्विचौको प्राकृतिक दृश्यका साथमा क्विचौ प्रान्तमा बसोबास गर्ने अल्पसंख्यक जातिका विशेषतासँगै त्यहाँको सामाजिक तथा सांस्कृतिक विकासलाई पनि उजागर गरिएको छ।

फोटो प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै क्विचौ प्रान्तको सांस्कृतिक विभागका उपप्रमुख ली सङ स्याङले चीन र नेपाल दुवै लामो इतिहास र उष्कृष्ट संस्कृति भएका मुलुक हुन्। यो फोटो प्रदर्शनीले नेपालीहरुलाई क्विचौबारे जानकारी दिनुका साथै क्विचौ प्रान्तको वैदेशिक खुलापनलाई गहन पार्न र वैदेशिक आदान-प्रदानलाई सबल पार्ने अवसर पनि दिएको छ।

नेपालको संस्कृति तथा पर्यटन मन्त्रालयका कार्यवाहक सचिव सुरेश आचार्यले पहाडी भूभाग भएर पनि क्विचौले तीब्र गतिमा आफ्नो विकास अगाडि बढाइरहेको र त्यहाँको सुन्दर मनोरम दृश्यले सबैलाई लोभ्याउने बताउनुभयो।

यसैगरी काठमाडौँस्थित चिनियाँ दूताबासका राजनीतिक काउनसिलर याङ शी छावोले छोटो समयमै चीनको दक्षिण-पश्चिम क्षेत्रको विकसका उपलब्धि चीनमा भइरहेको विकासका संकेत हुन् भन्नुभयो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु