फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी कार्यक्रम# मंगोलिया राज्यद्वारा नान सोङ्ग अर्थात दक्षिण सोङ्ग राजवंशको अन्त्य

(GMT+08:00) 2018-04-25 15:32:18

सन् 1233 मा मंगोलिया राज्य र दक्षिण सोङ्ग राजवंशको सहयोगात्मक युद्धमा जिन राज्यका सम्राट छाइ चौले आत्महत्या गरे। जसरी जिन राज्यको अन्त भएको गत साताको कार्यक्रममा मैले चर्चा गरेँ। तर जिन राज्यको अन्तपछि दक्षिण सोङ्ग राजवंशले जिन राज्यको कब्जामा रहेको आफ्नो भूमि फिर्ता लिने योजना बनायो। दक्षिण सोङ्ग राजवंशले सहयोग सन्धिमाथि उल्लंघन गरेको निहुँमा वखुवथाइले दक्षिण सोङ्गमाथि आक्रमण गरे। त्यसपछि दुई पक्षबीच धेरैपटक युद्ध भयो। चीनमा एउटा उखान छ - एउटै पहाडमा दुईटा बाघ बस्न सक्दैनन्। मंगोलिया राज्य र दक्षिण सोङ्ग राजवंशबीचमा अवश्य पनि अन्तिम युद्ध हुने नै छ।

तत्कालीन दक्षिण सोङ्ग राजवंशका प्रधानमन्त्री सम्राटलाई सबैभन्दा मन पर्ने रानीका भाइ च्या स ताउ थिए। वास्तवमा ती प्रधानमन्त्रीसँग कुनै पनि क्षमता थिएन। त्यसैले मंगोलिया राज्य र दक्षिण सोङ्गबीचको संघर्षमा उनले गोप्य रुपमा मंगोलिया राज्यसँग शान्ति सम्झौता चाहेका थिए। उनले युद्धमा आफ्नो पक्ष विफल भएको र मंगोलिया राज्यसमक्ष सम्मान स्वरुप सम्पत्ति कर प्रदान गर्ने स्वीकार गरे।

त्यसबेला मंगोलिया सेनाका जनरल तत्कालीन सम्राटका भाइ हुबिले थिए। मंगोलिया राज्यको सम्राटको निधनपछि भूतपूर्व सम्राटको अर्का भाइ सम्राटको पदमा राज्यरोहण गर्ने गोप्य सूचना हुबिलेले पाए। सम्राटको पदको संघर्ष गर्नुपर्ने भएपछि जनरलले सेना फिर्ता बोलाउन स्वीकार गरे।

1  2  
जानकारी तथा लेखहरु