फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पमा उद्दार गर्न सहयोग गर्ने चिनियाँ स्वयंसेवकलाई सम्मान

(GMT+08:00) 2018-04-25 18:52:11

सन् २०१५ अप्रिल २५ मा नेपालमा गएको महाभूकम्पमा हजारौँ चिनियाँ स्वयंसेवकहरुले उद्दार कार्य गरेका थिए। त्यतिबेला उद्दार कार्यमा खटेका २५ जखअ चिनियाँ स्वयंसेवकहरु तीनवर्षपछि फेरि काठमाडौँ पुगेर एक कार्यक्रममा भाग लिएका छन्। साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको भूकम्प स्मृति कार्यक्रममा सभासद रामकुमारी झाक्री र नेपाल पर्यटन बोर्डका बरिष्ट निर्देशक आदित्य बरालले चिनियाँ स्वसंसेवकहरुलाई सम्मानपत्र प्रदान गर्नु भएको छ।

सो अवसरमा साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुब पौडेलले भन्नुभयो विभिन्न चिनियाँ संस्थाले भूकम्पको समयमा नेपालमा उद्दार कार्यमा सहयोग गरेका थिए। त्यस्ता चिनियाँ संस्थाले चीनमा नेपालको पर्यटन प्रवर्द्धन गर्न सहयोग गरेको हुनाले हामीले उहाँहरुलाई सम्मान गरेका हौँ।

ती स्वसंसेवकका प्रतिनिधि छाइ फङले भन्नुभयो चीनका विभिन्न क्षेत्रबाट आएका हामी स्वयंसेवकहरु आफ्नो सुरक्षाको बेवास्ता गर्दै उद्दार कार्यमा जुटेका थियौँ।

नेपाल चीन संस्कृति केन्द्रका निर्देशक इङ खुन सुङले भन्नुभयो भूकम्प गएको बेला हामीले उद्दार कार्यमा सहयोग गर्नुको साथै फोटोहरु खिचेर विच्याटमा राखेका थियौँ। ती फोटोले चीनमा भूकम्पको बारेमा जानकारी दिन सहयोग गरेको थियो। त्यही सूचनाका आधारमा स्वयंसेवकहरु नेपालमा आएका थिए।

1  2  3  4  5  
जानकारी तथा लेखहरु