फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा भूकम्पको उद्दार कार्यमा चीनको सहयोगको स्मृति कार्यक्रम

(GMT+08:00) 2018-04-26 16:19:11

नेपालमा तीन वर्ष अगाडि गएको भूकम्पको उद्दार कार्यमा चीनले गरेको सहयोगको स्मृतिमा काठमाडौँको फूलचोकी स्कुलमा एक कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा नेपालस्थित चीनको गरिबी निवारण कार्यालय र नेपालमा कार्यरत चिनियाँ व्यवसायको परिषदले संयुक्त रुपमा विद्यालयमा रहेका गरिब विद्यार्थीहरुलाई स्कुल व्याग र कम्प्युटर पनि प्रदान गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेपालमा भूकम्प जाँदा चीनले गरेको सहयोगलाई अद्वितीय रहेको बताउनुभयो। माओको नेतृत्वमा भएको चीनको क्रान्ति र तङ स्यावोफिङले अवलम्बनध गरेको खुला र सुधारकार्यक्रमसँगै वर्तमान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगाडि सार्नुभएको बिचारबाट आफूहरु अत्यन्त प्रभावित भएको उहाँले बताउनुभयो।

सो कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले विगत तीन वर्षमा चीनले सक्दो प्रयासमा आधारभूत प्रबन्ध, प्रकोपपछि जनताको जीवन, नेपालका सम्पदाहरुको पुननिर्माण, प्रकोपको प्रतिरोध तथा उद्धार, चिकित्सा तथा स्वास्थ्यलगायत पाँच क्षेत्रमा नेपालको पुनर्निर्माणलाई सहयोग गरेको बताउनुभयो। नेपालसँग चीनले सहमति गरेका 22 कार्यक्रम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो।

1  2  3  
जानकारी तथा लेखहरु