फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र भारतीय प्रधानमन्त्री मोदीबीच अनौपचारिक भेट-वार्ता

(GMT+08:00) 2018-04-27 19:46:38

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज अप्रिल २७ तारिख दिउँसो चीनको मध्य भागमा पर्ने उहान शहरको भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट-वार्ता गर्नुभएको छ।

उहाँहरू बीचको भेट हु पै प्रान्तीय संग्रहालयमा भैरहेको पुरातात्विक वस्तु प्रदर्शनीबाट शुरू भएको हो। राष्ट्राध्यक्ष सीले बितेका ३ वर्षमा एक-अर्काको भ्रमण धेरै पटक भएको उल्लेख गर्दै चीन र भारत दुइटा नव उदियमान एकाइको हितयुक्त सहयोग गर्दै संयुक्त विकास गर्ने ठूलो इच्छा प्रतिविम्वित भएको औँल्याउनुभएको छ। हामी दुईटा महानदेश बीच महान सहयोग गरेमा विश्वव्यापी प्रभाव पार्नसक्ने पनि सीले व्यक्त गर्नुभएको छ। साथै सीले आफू र प्रधानमन्त्री मोदी बीचको भेटबाट पारस्परिक सम्बन्धको नयाँ अध्याय खोल्ने अपेक्षा प्रकट गर्नुभएको छ। उहाँले अगाडी भन्नुभएको छः रणनीतिक दृष्टिकोणबाट आपसी सम्बन्धको मूल स्थितिको विकास गर्दै हामीले यसलाई सही दिशामा कायम राख्दै जानुपर्छ। यसै मैत्रीपूर्ण सम्बन्धलाई चीनको छाङच्याङ अर्थात् याङ्गसे र भारतको गंगा नदी जस्तै बग्दै अघि जानुपर्छ। चीनले भारतसँग अझ घनिष्ट साझेदारी सम्बन्ध स्थापना गर्दै आपसी सम्बन्धको चौतर्फी विकास गर्ने इच्छा लिएको छ।

भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्राध्यक्ष सीको निमन्त्रणाप्रति धन्यवाद ज्ञापन गर्दै यस पटकको भेटको ऐतिहासिक अर्थ रहेको ठहर व्यक्त गर्नुभएको छ। भारत र चीन बीच भैरहेको बारम्बार आदानप्रदान तथा उच्च सम्पर्कबाट आपसी बुझाइ तथा समझदारीलाई बढाइएको छ जुन दुई देश लगायत क्षेत्रीय विकास तथा समृद्धिसँग अनुकूल रहेको पनि मोदीले पुष्टि गर्नुभएको छ। यसको लागि भारतले चीनसँगै मिलेर कोशिश गर्ने इच्छा लिएको पनि बताउनुभएको छ।

पुरातात्विक वस्तु प्रदर्शनीको अवलोकन गर्दै सीले चीन र भारत लामो इतिहास र यथेष्ठ संस्कृति बोकेको मुलुक रहेको र दुवै देशले अझ व्यापक क्षेत्रमा अझ गहन रूपमा आदानप्रदान गर्नुपर्ने कुरामा जोड दिनुभएको छ। दुवै मुलुकले पूर्वी सभ्यताको पुनरूत्थानमा प्रयास गर्दै सभ्यताको विविधताको सम्मान र फरक सभ्यता बीचको मेलमिलापयुक्त सह-अस्तित्वलाई अघि बढाउने प्रस्ताव राख्नुभएको छ भने मोदीले आपसी समझदारीको प्रवर्द्धन गर्दै दुइ देशको बुद्धिले विश्वव्यापी समस्या तथा चुनौतीको संयुक्त सामना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु