फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा सुरु

(GMT+08:00) 2018-04-28 18:56:35

नेपालको लुम्बिनीमा २५६२ औँ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आज शनिबार लुम्बिनीमा सुरु भएको छ। सो समारोहमा नेपाल र विश्वभरका एकहजारभन्दा बढी व्यक्तिहरु उपस्थित हुनु भएको छ।

समारोहलाई सम्बोधन गर्दै नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीले भन्नुभयो '२५ सय वर्ष अगाडि बुद्धले शान्तिको सन्देश छरेर समाजलाई समृद्ध बनाएका थिए। भगवान बुद्धको ज्योति नेपालबाट विश्वमा फैलिएको र उनका उपदेशले मान्छेलाई अहिंसातिर डोर्‍याएकाले आज पनि बुद्धका बचनको उत्तिकै सान्दर्भिकता रहेको छ।'

चीनको बुद्धधर्म संघका उपाध्यक्ष तथा लुम्बिनीस्थित चिनियाँ बौद्धमन्दिरका प्रमुख भिक्षु यिनसुनले भन्नुभयो 'विश्व सभ्यताको विविधतालाई सम्मान गरौं। सभ्यताको आदान-प्रदानमार्फत मतभेदको समाधान गर्नुका साथै सभ्यताको साझा निर्माणमार्फत द्वन्द्वको समाधान गर्नुपर्छ। विश्वको शान्ति, विकास तथा समृद्धि र सर्वसाधारणको फाइदाका लागिअथक प्रयास गरौँ।'

1  2  3  4  5  
जानकारी तथा लेखहरु