फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारत सम्बन्धमा राष्ट्राध्यक्ष सीका तीनवटा बुँदाहरु

(GMT+08:00) 2018-04-28 19:24:28

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल 27 र 28 तारिख उहान शहरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक भेट-वार्ता गर्नुभएको छ। भेटमा चीन र भारतको सम्बन्ध स्थिर रुपमा विकास हुने आधार आपसी विश्वास हो भन्ने कुरा राष्ट्राध्यक्ष सीले औल्याउनुभएको छ। रणनीतिबाट चीन र भारतको सम्बन्धबाट आपसी बुझाइ र विकासलाई क्रमशः बढाउनुका साथै विभिन्न तह र जनताबीचबीचको बुझाइलाई गहन पारेर मैत्रिपूर्ण भावना तयार गर्नुपर्ने उहाँले उल्लेख गर्नु भएको छ। भविष्यमा दुइ मुलुकले चौतर्फी सहयोगको योजना गर्ने पर्ने कुरा पनि राष्ट्राध्यक्ष सीले अगाडि सार्नु भएको छ।

तीन केन्द्रीय विषयबाट दुई पक्षीय सम्बन्धलाई व्यवहार उर्तानुपर्ने सीले औँल्याउनु भएको छ। उहाँले अगाडि सार्नु भएका तीन बुँदामा चीन र भारत राम्रा छिमेकी र साथी भएकाले आपसबाट विश्वको परिवर्तनमा सक्रिय कारकतत्व र आफ्नो सपनाको साकार पार्न सहयोगात्मक साझेदारी विचार लिनुपर्ने पहिलो बुँदामा उल्लेख छ।

त्यसैगरी चीन र भारत दुवैको विकास प्रवृत्तिसँग मिलेको र आपसका लागि महत्वपूर्ण अवसर प्राप्त भएको उहाँले दोस्रो बुँदामा व्यक्त गर्नु भएको छ।

चीन र भारत दुवैले स्वतन्त्र कुटनीति लागू गरेको उल्लेख गर्दै सकारात्मक, खुला र सहिष्णु दृष्टिकोणबाट आपसी योजनाको उचित विश्लेषण र विचार गर्नुपर्ने सीको तेस्रो बुँदामा उल्लेख छ।

प्रत्युत्तरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिनमै राष्ट्राध्यक्ष सीसँग सदिच्छापूर्ण र गहिरो रुपमा वैचारिक आदान-प्रदान गर्नुका साथै व्यापक चिनियाँ सँस्कृतिको अनुभव गरेर दुई देशको सम्बन्धमा राष्ट्राध्यक्ष सीद्बारा दिइएको उच्च महत्व पनि अझ बढी अनुभव गरेको बताउनुभयो। भारत र चीन दुवै प्राचीन सभ्य मुलुक हुनुका साथै आपसी महत्वपूर्ण छिमेकी हुन् भन्दै दुई देशले वार्ता, आदान-प्रदान र सहयोगलाई सबल पारेर शान्तिपूर्ण सहअस्तित्व तथा युगौंयुगको मित्रता कायम राख्नुपर्ने उहाँले बताउनुभयो।

1  2  3  4  
जानकारी तथा लेखहरु