फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# पल्लो सान सिको ल्याङ्ग च्या ह गाउँमा नयाँ विकसित पाइला

(GMT+08:00) 2018-05-03 15:42:01

चीनको पल्लो सान सिको यान आन शहरबाट गाडी चढेर एक घण्टा गएपछि यान छ्वान जिल्लाको ल्याङ्ग च्याङ्ग ह गाउँमा पुगिन्छ। समथर बाटोले पहाडी गाउँ र बाहिरी क्षेत्रलाई जोडेको छ। चिनियाँ तथा विदेशी पर्यटकको यहाँको यात्राका लागि भिड लागेको छ। पहिलेको एक गरिब सानो गाउँबाट वर्तमानको भवन,बाटो,इन्टरनेटसहित नयाँ अनुहारमा विकसित हुँदा ल्याङ्ग च्या ह गाउँमा हाल केही वर्षयता ठूलो परिवर्तन देखिन्छ।

सन्1969को जनवरीमा सोह्र वर्षको उमेरमा सि चिन फिङले पैचिङ्गबाट ल्याङ्ग च्या ह गाउँ गइ त्यहाँ काम गर्न थाल्नुभएको थियो। त्यसपछि उहाँले यस गाउँको कम्युनिष्ट पार्टीको शाखाका सचिवको पदमा रहनुभएको थियो। यहाँ सात वर्षसम्मको काम तथा जीवनमा उहाँले स्थानीय किसानसँग सडकको मर्मत,बांधको निर्माण,गोबर ग्यासको विकास गर्दै ल्याङ्ग च्या ह गाउँको कृषि उत्पादन पूर्वाधारलाई सुधार गर्नुभएको देखिन्छ। यसप्रति यस गाउँको कम्युनिष्ट पार्टीको शाखाका वर्तमान सचिव श छुन याङ्गले भन्नुभयो:हाम्रो गाउँको गोबर ग्यास डाइजेस्टर्स पल्लो सान सि प्रान्तको पहिलो हो। हाम्रो गाउँको कम्युनिष्ट पार्टीको शाखाका सचिव नियुक्त हुनुभएको बेलामा सी चिन फिङले जन दैनिक अखबारमा सि छ्वानको गाउँबाट गोबर ग्यास डाइजेस्टर्सको विकास गरिएको खबर हेरेपछि आफ्नो खर्चमा सि छ्वानको गाउँको निरीक्षण तथा शिक्षा लिनुभएको थियो। अनुभव र ज्ञान सिकेर फर्कनुभएको सीले ल्याङ्ग च्या ह गाउँमा गोबर ग्यासको विकास गर्न थाल्नुभएको थियो। सन्1975को जुनमा पल्लो शान सि प्रान्तमा गोबर ग्यासको प्रयोग गर्न साकार तुल्याएको गाउँ हाम्रो ल्याङ्ग च्या ह हो।

1  2  3  
जानकारी तथा लेखहरु