
सन् २०१२ को नभेम्बर २९ तारिख सछ्वानको तु च्याङयान-वनछ्वान एक्स्प्रेस हाइवे संचालनमा आयो। यो हाइवे संचालनमा आएपछि सछ्वानको सदरमुकाम छङ तु-वनछ्वान लाइनको यात्रा साबिकको भन्दा ९० निमेट कम भएको छ। यही राजमार्गसँगै समानान्तर भएको वनछ्वान-माल्खाङ एक्स्प्रेस राजमार्ग निर्माण भैरहेको छ। सछ्वान उपत्यकाको पहाडी क्षेत्रबाट छिङहाइ-पठारभूमिसम्म माथि जाने १७२ किलोमिटरको दूरीमा यफ एक्स्प्रेस राजमार्गको सबभन्दा होचो ठाँउ तथा अग्लो ठाँउ बीचको अन्तर २००० मिटर भएकाले यो राजमार्गलाई आकाशे राजमार्ग भनिन्छ। वनछ्वान-माल्खाङ एक्स्प्रेस राजमार्गको निर्माण सन् २०२० मा पूरा हुने योजना छ।
1 2 3 4 5