फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको नान्छोङमा विदेशी विद्यार्थीहरुको लागि परम्परागत पोशाक प्रदर्शन

(GMT+08:00) 2018-05-14 14:35:49

चीनको प्राचिन नगर नान्छोङमा विदेशी विद्यार्थीहरुको लागि परम्परागत पोशाक प्रदर्शनी गरिएको छ। नान्छोङ सामाजिक विज्ञान महासंघ तथा चाइना वेष्ट नर्मल युनिभरसिटीको सयुक्त आयोजनामा सम्पन्न सो प्रदर्शनीमा २० जना सुन्दरीहरुले विभिन्न किसिमका चिनियाँ संस्कृति झल्कने पोशाकहरु प्रदर्शन गरेका थिए। सो प्रदर्शनीमा चीनको प्राचिन छिङ राजवंशदेखि हालसम्मका झण्डै ३० प्रकारका रंगिचंगी आकर्षक पोशाकहरु राखिएको थियो।

नान्छोङ सामाजिक विज्ञान महासंघका प्रमुख छिन यूले सो समारोहलाई सम्बोधन गर्दै परम्परादेखि चिनियाँ जनताले प्रयोगमा ल्याउँदै आएका समाजिक तथा सांस्कृतिक हिसावले महत्वपूर्ण 'छिफाओ' लाई देशका विभिन्न शहरहरुमा प्रदर्शन गर्ने गरिएको जानकारी दिनुभयो। साथै प्रमुख छिनले यस्ता पोशाकहरु प्रति चीनका नयाँ पुस्ता मात्र नभई विदेशीहरु समेत आकर्षित भएको बताउनुभयो।

प्रदर्शनीमा बोल्दै चाइना वेष्ट नर्मल युनिभरसिटीका प्राध्यापक ऊ स्याओ छ्वानले यस्ता प्रदर्शनीहरुको माध्यमबाट चिनियाँ जनजीवन र संस्कृतिको बारेमा विदेशी विद्यार्थीहरुलाई समेत जानकारी प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रर्दशनीको आयोजना गर्न पाउँदा गौरवान्वित भएको बताउनुभयो।

चिनियाँ भाषामा 'छिफाओ' नामले सम्वोधन गरिने ती पोशाकहरुमा विभिन्न चिनियाँ संस्कृति झल्कने चित्रकला भरिएको थियो। यस्ता पोशाकहरु अत्यन्त मुल्यवान कपडाबाट निर्माण गरिने भएकोले चिनियाँहरु यस्ता पोशाक विशेष समारोह, महत्वपूर्ण चाडपर्व र विवाह जस्ता सामाजिक तथा धार्मिक अवसरहरुमा पहिरने गर्दछन्। प्रदर्शनीमा चाइना वेष्ट नर्मल युनिभरसिटीमा अध्ययनरत नेपाल, लाओस, नार्इजेरिया, घाना, ताञ्जानिया, र्इथियोपिया, गिनी लगायत विभिन्न अफ्रिकी मुलुकहरुका विदेशी विद्यार्थीहरु तथा चिनियाँ विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

जानकारी तथा लेखहरु