फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # तिब्बत सँस्कृति मेक्सिको मैत्रीपूर्ण सँस्कृति मेलामा निकै आकर्षित

(GMT+08:00) 2018-05-14 16:48:16

हाम्रो यस प्रदर्शनीले दर्शकसमक्ष एक सयभन्दा बढी तिब्बत स्वायत्त प्रदेशको गैर-भौतिक साँस्कृतिक सम्पत्ति र विशेषतायुक्त साँस्कृतिक सिर्जनशील वस्तुको प्रदर्शन गर्नेछ। सो प्रदर्शनी दुई महिनासम्म चल्ने छ। यस प्रदर्शनीमार्फत मेक्सिको शहरका सर्वसाधारणले चीनको तिब्बतबारे अझ बढी ज्ञान प्राप्त गर्नसक्ने र तिब्बती जनताको गहिरो र विशेषतायुक्त सँस्कृतिको अनुभव गर्नसक्ने भन्ने हामी विश्वस्त छौँ।

उद्धाटन समारोहलाई सम्बोधन गर्दै मेक्सिकोका लागि चिनियाँ राजदुत छ्यौ स्याउ छीले यसरी भन्नुभयो:

साँस्कृतिक आदान-प्रदान र पारस्परिक समझदारी नै मित्रता र सहकार्यको आधार हो भन्ने कुरा हामी सधैँ विश्वस्त छौँ। यस प्रदर्शनीमार्फत दुवै देशका जनताको मनको दूरी झन् नजिक बन्नुका साथै द्बिपक्षीय सम्बन्धका लागि नयाँ जिवन्त शक्ति थपिदिने आशा हामीले गरेका छौँ।

सो प्रदर्शनीको डिजाइन र अध्यक्षता गर्नुभएको श्रीमती सिल्भिया सेलिक्सोन तिब्बती बौद्ध धर्म सँस्कृतिमा अध्ययनरत् वरिष्ठ विशेषज्ञ हुनुहुन्छ। उहाँका अनुसार, यस प्रदर्शनी एउटा सानो शुरुआत रहेको छ। आगामी दिनहरूमा अन्य अल्लसंख्यक जातीय स्वायत्त प्रदेश अझ विशेषगरी समस्त चीन सम्बन्धी विविध रङ्गीचङ्गी साँस्कृतिक आदान-प्रदान गतिबिधिको आयोजना गरिने छ।


1  2  
जानकारी तथा लेखहरु