फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत#"चीनको विनिर्माण 2025"एक परिचय

(GMT+08:00) 2018-05-17 09:33:28

विनिर्माण नै राष्ट्रिय नागरिक अर्थतन्त्रको मुख्य भाग हो भने राष्ट्रको पूर्वाधार विकासको मुख्य आधार पनि हो। सन्1949 मा नयाँ चीन स्थापना भएको प्राम्भिक अवधिदेखि सुधार तथा खुलापनसम्म चीनको औद्योगिक प्रणाली दिन प्रतिदिन विकसित हुँदै आएको छ। विश्वमा सबैभन्दा धेरै जनसंख्या रहेको चीनले आत्म-निर्भरलाई साकार तुल्याएको आधारमा चौतर्फी रुपमा वैश्वीकरण क्रममा प्रवेश गरेको छ। "बाहिरबाट भित्र्याउनु"र"बाहिरतर्फ जानु"भन्ने दुबै पाइला संयुक्त रुपमा चालिएको छ। चीनले ठूलो विनिर्माण औद्योगिक मुलुकबाट बलियो विनिर्माण औद्योगिक मुलुकसम्म अगाडि हिँड्दै गएको छ। चालिस वर्षको सुधार तथा खुलापनको अनुभव र अन्तर्राष्ट्रिय औद्योगिक सुधारको समष्टिगत प्रवृत्तिमा चीनले प्रवर्द्धन शक्तिको नविनता,गुणस्तरलाई प्रथमिकता,हरित विकास,संरचनाको सुव्यवस्थापन र योग्य व्यक्तिको आधारमा काम लिनु भन्ने कार्यबाट गठित"चीनको विनिर्माण 2025"निर्णय प्रस्ताव प्रस्तुत गरेको छ।

इतिहासको पुनरावलोकन गर्दै चीनले आविष्कार गरेको कम्पास विश्वको समुद्री यात्रा कार्यमा व्यापक रुपमा प्रयोग गरिएको छ। कम्पास,कागज निर्माण प्रविधि,बारुद र मुद्रणकलाबाट प्रतिनिधित्व गर्ने चार ठूला चिनियाँ आविष्कारले ठूलो परिमाणमा विश्वको प्रारुपलाई प्रभाव पारेको छ। सन् 2010 मा तीस वर्षभन्दा बढी समयसम्म सुधार तथा खुलापन नीति लागू भएकाले चीनलाई विश्वको दोस्रो ठूलो आर्थिक समूह बनाएको छ। यो आर्थिक समूहसँग पूरा औद्योगिक आधार मात्र नभइ परिपूर्ण औद्योगिक शृङ्खला तथा विविध श्रेष्ठ योग्य व्यक्ति रहेका छन्। तापनि आर्थिक तथा सामाजिक निर्माणमा उपलब्धि पाएको साथमा कुहिरो र तुवाँलो,औद्योगिक प्रदूषण आदि समस्या दिन प्रतिदिन चर्कँदै आएको छ। आर्थिक शैलीको परिवर्तन नै चीनले अगाडि सारेको विकासको आवश्यक बाटो बनेको छ।

नयाँ युगमा प्रवेश गरेको चीनको बैज्ञानिक प्रविधि धुमधामसँग नविन भैरहेको छ भने लगातार रुपमा उच्च गतिको रेल,अलिपे,बाइक सेयरिङ, किनमेल संजाल"नयाँ चार ठूला आविष्कार"जन्माएको छ। हाल चीनसँग विश्वको सबैभन्दा ठूलो उच्च गति रेल नेटवर्क रहेको छ। चीनसँग सत्तरी करोडभन्दा बढी इन्टर्नेट प्रयोगकर्ता रहेका छन्। चिनियाँले सारा विश्वका विभिन्न उत्पादन बस्तु र सेवाको उपभोग गर्दछन्। चीनको विनिर्माणको नयाँ उपलब्धिले सारा विश्वका लागि नयाँ सार्वजनिक बस्तु प्रदान गर्दै मानव जातिको समस्याको समाधान गर्नका लागि आफ्नो बुद्धिमान सिर्जना गरिरहेको छ।

"चीनको विनिर्माण 2025"को आउटलुकबाट हेर्दा नयाँ सुधार तथा खुलापनको समष्टिगत प्रष्ठिभूमिमा चीनले अभूतपूर्व खुल्ला धारणाले विश्वतर्फ उन्मुख गरिरहेको छ। अमेरिकाको"उत्कृष्ट विनिर्माण साझेदारी योजना"र "जर्मनी उद्योग4.0"जस्तै लागेको "चीनको विनिर्माण 2025"ले खुल्ला तथा सदिच्छापूर्ण धारणाले विश्वका विभिन्न मुलुकका व्यवसायलाई स्वागत गरेको छ।"चीनको विनिर्माण 2025"ले आफैँ मात्र नभई विश्वलाई पनि अझ बढी प्रतिस्पर्धा शक्तिसहित उत्पादन बस्तु प्रदान गर्ने छ।

जानकारी तथा लेखहरु