फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# युन नान प्रान्तीय मङ लेन जिल्लाले एभोकाडो उत्पादनमा निर्भर भएर गरिबीबाट मुक्त हुने र आम्दानी बढाउने नयाँ बाटोको खोजी

(GMT+08:00) 2018-05-25 10:51:53

युन नान प्रान्तीय फु अर शहरको मङ लेन जिल्लाले हालैका वर्षहरूयता भूगोल र मौसमको श्रेष्ठतामा निर्भर रहेर एभोकाडो व्यवसायको विकास गरी किसानलाई गरिबीबाट मुक्त हुन र आम्दानी बढाउन मद्दत गरेको छ।

एभोकाडो उच्च पौष्टिक पाइने फलफूल हो। एभोकाडो चिनियाँ बजारमा निकै लोकप्रिय छ। हाल चिनियाँ बजारमा बिक्री गरिने एभोकाडो विशेषत अरु मुलुकबाट आयात गरिएको हो। सन् 2015 मा मङ लेन जिल्लाले फु अर ल्यू यिन जैवीक कम्पनीसँग सहयोग गरी माङ सिन बस्तीमा पाँच सय हेक्टरको एभोकाडो रोपेको थियो। त्यहाँ चीनको एभोकाडोको मुख्य रोपन आधार क्षेत्र बनेको छ।

फु अर ल्यू यिन जैवीक कम्पनी माङ सिन बस्तीमा पर्दछ। यो कम्पनीका महाप्रबन्धक तङ च्या चुले आठ वर्षसम्मको अन्वेषणपछि उनीहरूले मङ लेन जिल्लाको भौगोलिक अवस्था एभोकाडोको रोपनसित अनुकूल भएको ठहर लिएको बताउनुभयो। उहाँ भन्नुहुन्छ "हाम्रो कम्पनीले सन् 2007 देखि मङ लेन जिल्लामा एभोकाडो परीक्षात्मक रुपमा रोप्न थालेका थियौं। हामीले लगातार आठ वर्षसम्म एभोकाडो परीक्षात्मक रुपमा रोपेका थियौं। हामीले सन् 2015 देखि माङ सिन बस्तीमा एभोकाडो रोप्न थालेका छौं। एभोकाडोको रुख हुर्कन पानी चाहिन्छ तर रुखको जराको भागमा भने धेरै पानी हुँदैन। त्यसैले मङ लेनको भौगोलिक अवस्था एभोकाडो हुर्कने शर्तसित अनुकूल छ।"

माङ सिन बस्तीका निर्देशक ताउ च्या युनले भन्नुभयो, माङ सिन बस्तीमा प्रशस्त जमीन स्रोत-साधन छ। खेतीपातीका लागि उपयुक्त क्षेत्रफल पाँच हजार दुई सय हेक्टर छ। तीमध्ये 2666.67 हेक्टरको खेतापातीमा मकै रोपिएको छ। एक मू अर्थात् 0.067 हेक्टरमा मकैको उत्पादित-मात्रा चार किलोग्राम छ र बजारमा ती मकैको मूल्य आठ सय चिनियाँ युआन बराबर छ। एभोकाडो रोप्ने हो भने धेरै फाइदा प्राप्त गर्नसकिन्छ। तर एभोकाडोको रोपाइको प्रचार-प्रसार गर्ने क्रममा धेरै कठिनाइ देखापरेको छ। ताउ वान च्या भन्नुहुन्छ "एभोकाडोको रोपाइ एक नवोदित व्यवसाय हो। स्थानीय वासिन्दाहरूले एभोकाडो रोप्ने विचार गरेका छैनन्। त्यस अवस्थामा वासिन्दालाई एभोकाडो रोप्न आग्रह गर्नु निकै अप्ठ्यारो छ।"

1  2  
जानकारी तथा लेखहरु