फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# मीङ राजवंशको जानकारी

(GMT+08:00) 2018-05-30 16:47:13

मिङ राजवंश कालमा केन्द्रीय अधिकारलाई मजबूत पारे तापनि केही राजाहरुले एकदमै स्वार्थी अथवा कम उमेरका भएकाले तिनीहरुले देशको मामिलामा खासै ध्यान दिएनन्। त्यसैले मुलुकको वास्तविक अधिकार उनका वरिपरिका मानिसहरुको हातमा पुगेको थियो। ती मानिसहरुले भ्रष्टाचार गरेर इमान्दार मन्त्रीहरुमाथि दोष लगाएका थिए। त्यसले गर्दा सम्पूर्ण देशमा सामाजिक अन्तर्विरोध सशक्त हुदैगएको थियो। मिङ राजवंश कालमा धेरै पटक कृषकहरुले विद्रोह गरे तर उनीहरुलाई दबाइयो।

मिङ राजवंश कालमा एकजना प्रसिद्ध राजनीतिज्ञ थिए। उनको नाम चाङ च्यु चङ हो। उनले सामाजिक अन्तर्विरोधलाई कम पारी मिङ राजवंशलाई बचाउनका लागि केही सुधार गरे। उनको सुधारले सर्वसाधारण जनताको कठीनाइलाई केही मात्रामा कम पार्‍यो।

1  2  3  
जानकारी तथा लेखहरु