फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत#क्वाङ तोङ, हङकङ, मकाउ विशाल खाडी क्षेत्रद्वारा युवाका लागि नयाँ अवसर सिर्जना

(GMT+08:00) 2018-05-31 14:26:51

यसै मे २६ तारिख हङकङ युवा मुख्यभूमि विकास गोष्ठी अर्थात् विशाल खाडी क्षेत्र अनुसन्धान तथा विकास कोषको उद्घाटन समारोह हङकङमा आयोजना भएको छ। हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी मामिला विभागका अध्यक्ष चाङ्ग च्यान जुङ्गले यस समारोहमा सम्बोधन गर्नुभएअनुसार विशाल खाडी क्षेत्रको निर्माणले हङकङको आर्थिक विकासका लागि नव बृद्धि सिर्जना गर्दै उद्योगमा विविधता ल्याउन प्रबर्द्धन गर्ने भएको छ। साथै विशाल खाडी क्षेत्रले युवाका लागि नयाँ अवसर तथा विकल्प सिर्जना गर्ने छ।

क्वाङ तोङ,हङकङ,मकाउ विशाल खाडी क्षेत्रसँग ५६ वर्ग किलोमिटरको क्षेत्रफल छ। आर्थिक परिमाणको सम्बन्धमा विशाल खाडी क्षेत्रको कूल गार्हस्थ्य उत्पादन मात्रा १४ खर्ब अमेरिकी डलर छ र विश्वमा एघारौं स्थान ओगटेको छ। उद्योग क्षेत्रमा विशाल खाडी क्षेत्रमा हङकङ जस्तै अन्तर्राष्ट्रिय बैकिङ्ग व्यवसाय केन्द्र, धेरै स्वदेशी नेतृत्व अभिनव प्रविधि व्यवसायसहित शन चन मात्र नभइ क्वाङ चौ लगायत पूरै क्वाङ तोङ प्रान्त जस्तै उत्कृष्ट निर्माण उद्योग भन्ने लक्ष्यतर्फ विकसित भैरहेको उत्पादन केन्द्र पनि रहेको छ। जसबाट हेर्दा विशाल खाडी क्षेत्रको सञ्चित शक्ति उपेक्षा गर्न सकिँदैन। यसप्रति अध्यक्ष चाङ्गले भन्नुभयो:विशाल खाडी क्षेत्रको निर्माणले हङकङका लागि नव आर्थिक बृद्धि सिर्जना गर्नुका साथै युवाका लागि नयाँ अवसर, नयाँ विकल्प प्रदान गर्ने छ। हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले सधैं हङकङ युवाका लागि विविध विकास अवसर खोज्दै आएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले गत वर्षको जुलाई एक तारिख हङकङ विशेष प्रशासनिक क्षेत्रको पाचौं सरकार शपथग्रहण समारोहको अध्यक्षता गर्दै केन्द्रीय सरकारको सम्बन्धीत् विभागले हङकङबासीका लागि मुख्यभूमिमा शिक्षा, रोजगार र जीवन बिताउने सम्बन्धि खास कदमको अनुसन्धान गरिरहेको बताउनुभएको थियो। राज्य परिषदको हङकङ तथा मकाउ मामिला कार्यालयले गत वर्षको अप्रिल र डिसेम्बरमा बेग्ला बेग्लै रुपमा हङकङ र मकाउका बासिन्दाले मुख्यभूमिमा काम तथा रोजगारसम्बन्धि नीति सार्वजनिक गरेको थियो। रोजगार र जीवनको सम्बन्धमा अध्यक्ष चाङ्गले भन्नुभयो:राज्य परिषदको हङकङ मकाउ मामिला कार्यालयद्वारा सार्वजनिक सुविधाजनक कदमबमोजिम मुख्यभूमिमा रोजगार गर्ने हङकङ र मकाउका बासिन्दाले आवास कोषको बचत गर्नसक्ने छ भने मुख्यभूमिका बासिन्दाजस्तै एउटै उपचारको उपभोग गर्नसक्छ। जीवन बिताउने सम्बन्धमा उदाहरणका लागि हङकङ र मकाउका बासिन्दाका लागि स्वचालित टिकट बिक्री मिसिन लगायत अझ बढी सुविधाजनक प्रबन्धको बन्दोबस्त भएको छ।

जानकारी तथा लेखहरु