फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआईकर्मी लक्ष्मी लम्सालको पुस्तक 'निहाउ! नमस्ते!' सार्वजनिक

(GMT+08:00) 2018-05-31 16:52:21

चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभबाट नेपाललगायत विश्वलार्इ हुनसक्ने फाइदा, चिनियाँ रेलका किस्साहरू, नेपालप्रतिको चिनियाँ जनताको अवधारणा, चीनको गरिबी निवारणका सुत्रहरू, शक्तिशाली बन्दैगइरहेका चीनका राष्ट्राध्यक्ष सी चिन फिङको पारिवारिक जीवनका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ। नेपाल–चीन सम्बन्ध युगौं पूरानो हुनुका साथै अन्तर्देशीय सम्बन्ध जोड्नमा योगदान गरेका ऐतिहासिक पात्रहरू मन्जुश्री, सोङ्गचान गम्पो, भृकुटी, अरनिको, चिनियाँ तथा नेपाली यात्रीहरू, नेपालका तत्कालीन राजाहरूको चिनियाँ नेताहरू माओत्सेतुङ, चाउएन लाइ, च्याङ च मिनलगायतसँगको साक्षात्कारबाट ऐतिहासिक सम्बन्धलार्इ वर्तमान युगसम्म जोड्नखोजिएको छ। परम्परागत सम्बन्धलार्इ इतिहासका पात्रहरूमाथि उभिएर अन्तर्देशीय सम्बन्धमा नयाँ आयाम थप्नसकिने प्रस्ताव पनि यस पुस्तकले राखेको छ।

त्यस अवसरमा पत्रकार कोइरालाले पुस्तकबाट चीन चियाउन सजिलो हुने भन्दै हालसम्म पश्चिमा मिडियाबाट चीनबारे जानकारी लिइरहेकाका लागि पत्रकारको आफ्नो अनुभवले चीन घुमेजसरी जानकारी लिन सहयोग पुग्ने बताए। त्यसै गरी अधिकारकर्मी एवं पत्रकार अमृता लम्साल र रेडियो पत्रकार पवन आचार्यले पनि पुस्तकबारे आ-आफ्ना धारणा राखेका थिए।

1  2  3  4  
जानकारी तथा लेखहरु