फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल#च च्याङ प्रान्तीय हु चौ शहरको होमस्टे अर्थतन्त्र

(GMT+08:00) 2018-06-01 15:54:32

लो सिन कु द छिङ जिल्लाको "विदेशी होमस्टे" अर्थतन्त्र द्रुत गतिले विकास भएको एक सूक्ष्म छबि हो। द छिङ जिल्लाको पर्यटन समितिका प्रमुख याङ लि फिङले भन्नुभएअनुसार, लो सिन कु, फाकोशानच्यू आदि "विदेशी होमस्टे"हरूको विकास भएको छ र साथै मो कान शान क्षेत्रको सामाजिक र आर्थिक फाइदा क्रमशःबढेको छ। हाल द छिङ जिल्लाका जम्मा एक सय पचास वटा "विदेशी होमस्टे" छन्। लगानीकर्ताहरू दक्षिण अफ्रिका, फ्रान्स, बेलायत, बेल्जियम, दक्षिण कोरियालगायत दश वटाभन्दा बढी मुलुकबाट आएका हुन्।

छन च लानजस्तै स्थानीय वासिन्दाले "‌होमस्टे प्रवाह"को प्रभावमा आम्दानी बढाएका छन्। पहिला उनीहरू रोजगार खोज्न शहर जानुपर्थ्यो। हाल आफ्नो होमस्टेको वार्षिक आम्दानी छ, सात लाख चिनियाँ युआन पुगेको छ। उनी भन्छिन् "सबैले आफ्नो घरमा काम गर्छन्, आफू साउजी बनेका छन्। कति राम्रो छ। विदेशीहरूले यहाँ आएपछि हाम्रो बस्तीको विकास बढाएका छन्। सरकारले सडकको मर्मत गरेको छ। सरकारको समर्थन नभएमा विदेशी लगानीकर्ताहरूले "विदेशी होमस्टे"को संचालन गर्नसक्दैन।"

हु चौ शहरको छाङ सिङ जिल्लाको श्वै खौ गाउँमा "होमस्टे" संचालन नै स्थानीय किसानको मुख्य काम बनेको छ। श्वै खौ गाउँका 80प्रतिशत किसानले "होमस्टे" व्यापार संचालन गरेका छन्। य व्है छिन पनि ती किसानहरूमध्येको एक हुन्। उनले भनेअनुसार, हाल गाउँले जीवन अझै राम्रो बन्दैआएको छ। हरेक परिवारसँग गाडी छ। उनी भन्छिन् "पहिला आमदानी थिएन। वातावरण राम्रो थिएन। हाल हामीले रोजगार खोज्न बाहिर जानुपर्दैन, आफ्नो घरमा "होमस्टे" खोलेका छौं।"


1  2  
जानकारी तथा लेखहरु