फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई सहयोग संगठनका साथीलाई स्वागत

(GMT+08:00) 2018-06-04 15:56:59
शाङहाई सहयोग संगठनको स्थापना हुँदा त्यसमा छ सदस्य मुलुक मात्र थिए। अहिले त्यो संस्थामा अठार मुलुक सहभागी भएर ठूलो परिवार बनिसकेको छ।

शाङहाई सहयोग संगठनको स्थापना हुँदा त्यसबाट लाभान्वित जनसंख्या एक अर्ब पचास करोड थियो। अहिले त्यसबाट लाभान्वित जनसंख्या तीन अर्ब पुगेको छ। शाङहाई सहयोग संगठनका सदस्य मुलुकको जनसंख्या सबैभन्दा बढी रहेको तथा ओगटेको परिधि सबैभन्दा व्यापक रहेको छ।

शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरुको कूल उत्पादन गार्हस्थ उत्पादन मात्रा पन्ध्र खर्ब अमेरिकी डलरबाट बढेर एक सय साठी खर्ब अमेरिकी डलर पुगेको छ। यो विश्वको कूल उत्पादन गार्हस्थ उत्पादन मात्रामध्ये बीस प्रतिशत हो।

बितेका केही वर्षयता शाङ्गहाई सहयोग संगठनको विकास नेताहरूको निर्देशन र प्रेरणामा भर पर्दै आएको देखिन्छ।

पाँच वर्ष अगाडिको शरद ऋतुमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले रेशमी मार्गको आर्थिक पेटी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उहाँको सो प्रस्तावबाट सारा विश्वका लागि चिनियाँ ज्ञानको प्रयोग गरिनु बाहेक शाङ्गहाई सहयोग संगठनको विकासका लागि नयाँ जिवन्त शक्ति पनि थपिएको छ।

पाँच वर्षयता सी चिन फिङको पाइला विभिन्न सदस्य मुलुकमा फैलिएको थियो। दाजु-भाइ, असल छिमेकी र पुराना साथी भन्ने बोलाइ उहाँ तथा विभिन्न सदस्य मुलुकका नेताहरू बीच एकले अर्कालाई सम्बोधन गरिने हार्दिक भनाइ भएको मात्र नभई शाङहाई सहयोग संगठनले सहकार्य र साझा जित हुने नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गर्ने उदाहरण पनि हो।

छिङताउ शिखर सम्मेलन हुन लागेको परिप्रेक्ष्यमा ती राम्रा कूटनीतिक क्षणहरूको सिंहावलोकन गर्नुका साथै शाङ्गहाई सहयोग संगठनको पुरानो साथीको गहिरो भावनाको अनुभव गरौँला!

1  2  3  4  
जानकारी तथा लेखहरु