फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नयाँ उर्जा व्यवसाय विश्वबजारमा प्रवेश

(GMT+08:00) 2018-06-04 16:17:26

केही समयअघि ब्राजिलको बहियामा सार्वजनिक गरिएको रेल ट्रान्जिट यातायात साधनको बिडिङ्गको नतिजा वमोजिम, इलेक्टोनिक गाडी उत्पादक चिनियाँ कम्पनी बीवाइडीले प्रस्तुत गरेको प्रस्ताव छानिएको छ। सो अडरमा संलग्न रकम ६८ करोड ९० लाख अमेरिकी डलर बराबर छ। साथै बीवाइडीको स्काइरेलको संचालन ब्राजिलको प्रसिद्ध शहर साल्भाडोरमा पनि आउने भएको छ।

चालकरहित प्रणाली लगायत विविध किसिमको उच्च प्रविधिको प्रयोग गरिएको बीवाइडीको स्काइरेल ५ वर्षसम्म अध्ययन र विकास गरिएको हो। यसअघि बीवाइडीले फिलिपिन्स, कम्बोडिया, मरोक तथा इजिप्ट लगायतका मुलुकहरूसँग स्काइरेल सम्बन्धी सहयोग गरिसकेको छ।

बीवाइडी भनेको विश्वमा सबभन्दा ठूलो इलेक्टोनिक गाडी उत्पादक हो र यस कम्पनीबाट उत्पादित इलेक्ट्रोनिक गाडी विश्वका ६ वटा महादेशका ५० वटा मुलुक तथा क्षेत्रका लगभग २४० वटा शहरमा पाइन्छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु