फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # संग्रहालयको अवलोकन गर्नु चिनियाँको नयाँ जीवन शैली

(GMT+08:00) 2018-06-04 17:08:54

हरेक वर्षको मे अठार तारिख अन्तर्राष्ट्रिय संग्रहालय दिवस आयोजना हुने गर्छ। सोही दिनमा विश्वका विभिन्न स्थानका संग्रहालयहरू विविध कार्यक्रम वा गतिबिधिमार्फत सो दिवस मनाउने गर्दछन्। बिगत केही वर्षयता चीनका संग्रहालय तीव्र गतिले विकसित हुँदै आएको सिलसिलामा संग्रहालयको अवलोकन गर्नु पनि क्रमश: जनताका लागि एक किसिमको नयाँ जीवन शैली बनेको देखिन्छ।

चीनको राष्ट्रिय सांस्कृतिक पूरातात्त्विक वस्तु ब्युरोको तथ्याङ्क अनुसार, सन् 2016 को अन्त्यसम्म सारा देशमा नाम दर्ता गरिएका संग्रहालयको कुल संख्या चार हजार आठ सय त्रिहत्तर पुगेको छ। केही वर्षयता सारा देशका संग्रहालयमा प्रतिवर्ष आयोजना गरिने प्रदर्शनीको संख्या तीस हजारभन्दा बढी पुगेको छ भने झण्डै एक लाख दश हजार विषयक शैक्षिक गतिबिधिको पनि आयोजना गरिएको छ। संग्रहालय अवलोकन गर्ने जनसंख्या पनि झण्डै नब्बे करोड पुगेको छ। पैचिङमा बसोबास गरेकी छ्न थरकी युवतीका अनुसार, हाल उच्चस्तरीय प्रदर्शनी र प्रदर्शनीको अवलोकन गर्ने दर्शकको संख्या दुवै नै झन् झन् बढ्दै आएको देखिन्छ। उनी यसरी भन्छिन्:

एकातिर प्रदर्शनीको प्रकार झन् प्रशस्त बन्दै गएको छ भने अर्कातिर संग्रहालय अवलोकनकर्ताको संख्या पनि झन् झन् बढ्दै गएको देखिन्छ। किनकि पहिले संग्रहालयको लाइनमा उभिएर कुर्नुपर्ने दृश्य बिरलै देखिन्थ्यो। तर अहिले धेरै संग्रहालय अगाडि बिहानैदेखि लामो पङ्क्तिमा कुर्नुपर्छ। यसबाहेक, संग्रहालयबाट उपलब्ध गराइने सेवा पहिलेभन्दा अझ राम्रो रहेको मलाई लाग्छ। जस्तै: सार्वजनिक शिक्षा होस् वा दर्शकका लागि प्रदान गरिने सेवा आदि झन् राम्रो रहेको छ।

विभिन्न किसिमका संस्कृति र कलात्मक वस्तुको प्रदर्शन गर्नु बाहेक संग्रहालयले शिक्षा तथा ज्ञानको प्रचार-प्रसार गर्ने सामाजिक दायित्व पनि बहन गर्दछ। बिगत केही वर्षयता झन् झन् बढी संग्रहालयका स्वयंसेवक उत्पन्न भएको सिलसिलामा संग्रहालयमा पेशागत व्यक्ति निकै अभाव रहेको समस्याको पनि क्रमश: समाधान गरिँदै आएको देखिन्छ। के भन्नसकिन्छ भने ती स्वयंसेवकहरूले संग्रहालयको सेवा गुणस्तरलाई पनि उकासेका छन्। अवकास भएपछि राजधानी संग्रहालयमा स्वयंसेवक रहिरहेका श्रीमती तिङ चाउ स्याका अनुसार, स्वयंसेवक रहनु नै आफ्नो क्षमताका लागि तालिम दिने र त्यस क्षमतालाई उकास्ने भएको मात्र नभई संग्रहालयको विचार, ज्ञान र संस्कृतिबारे अझ विस्तृत रुपमा फैलावट गर्नसक्छ। उहाँ यसरी भन्नुहुन्छ:

गएका केही वर्षयता संग्रहालय प्रणालीको ठूलो प्रगति देखा परेको देखिन्छ। एकातिर संग्रहालयले क्रमश: टिकट किन्ने परम्परागत तरिकालाई रद्द गरेको छ भने अर्कातिर झन् झन् बढी मानिसहरूले संग्रहालयको प्रकारमा नजर पुर्‍याउन थालेका छन्। मैले धेरै वर्ष अगाडिदेखि राजधानी संग्रहालयमा ध्यान दिँदै आएकी छु। सन् 2007 अर्थात् म अवकास भएको बेला राजधानी संग्रहालयले ठ्याक्कै तेस्रो चरणका स्वयंसेवकलाई भर्ना गराएको थियो। त्यसैले मैले नाम दर्ता गराएँ। भर्ना भएदेखि अहिलेसम्म मैले सधैं नै जेड वस्तु हलमा ब्याख्या गर्दै आएकी छु। स्वयंसेवक बनेपछि मैले जेड सम्बन्धी धेरै ज्ञान पनि सिकेँ। यस क्रममा मैले अधिकांश ज्ञानी दर्शकहरुसँग पनि साक्षात्कार गर्ने मौका पाएकी छु। उनीहरूबाट मैले पनि धेरै सिकेँ।

वाङ थरका तेत्तीस वर्षिय अवलोकनकर्ताका अनुसार, बितेका केही वर्षयता चीनको संग्रहालयमा आएको एक ठूलो परिवर्तन के छ भने अन्तर्राष्ट्रिय आदान-प्रदान झन् घनिष्ट बनेको देखिन्छ। त्यसबाट चिनियाँ दर्शकका लागि विदेशी संस्कृतिबारे अवगत गराउन एउटा झ्याल खोल्न सकिएको छ।

जानकारी तथा लेखहरु