फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# मीङ राजवंशको जानकारी-2

(GMT+08:00) 2018-06-06 08:57:17

मिङ राजवंश कालमा अर्थतन्त्रको राम्रो विकास भएको थियो। परिणामस्वरुप साम्राज्यवादको कलिलो मुना देखा पर्‍यो। मिङ राजवंशको शुरुवात समाजमा धेरै मालिकहरू नभएको समय थियो। मिङ थाइ चुले लीउ मिन मानिसहरुलाई एकै ठाँउमा भेला गराएर उनीहरुका लागि कर घटाए जसले गर्दा खेतीपाती गर्ने किसानको संख्या ठूलो मात्रामा बढ्यो। आलु, मकै, बदाम आदि कृषि क्षेत्रका नयाँ किसिमका खाद्यान्न विदेशबाट चीनमा ल्याइयो। त्यति बेला कपडा बुन्ने व्यवसाय, माटाका भाँडा बनाउने व्यवसाय जस्ता हस्त-कला व्यवसायको विकास उच्च स्तरमा पुगेको थियो। विशेष गरी रेशम बनाउने व्यवसायमा दशवटा मेशिन भएको मालिक एवम् प्रविधि भएका कामहरु देखा परे। यसबाट चीनमा साम्राज्यवादको अलिक विकास भइसकेको प्रतिबिम्बित भएको थियो। मिङ राजवंश कालमा भिन्ना-भिन्नै किसिमका माल-सामान थिए। ती सामानहरुको आदान-प्रदान पनि नियमित थियो। प्रशस्त उत्पादित वस्तु तथा यातायातको सुविधा भएका ठाँउमा स-साना र ठूल्ठूला व्यापार केन्द्रहरु देखापरे। जस्तै पैचिङ, नान चिङ, सु चौ, हाङ चौ, क्वाङ चौ आदि।

मिङ राजवंश कालमा परीक्षाको उपाय भनेको पा कु वन थियो। मिङ राजवंशमा लामा उपन्यास धेरै थिए। "स्वै हु " " सान को यान यी " " सि यौ ची "" जीन फीङ मै" आदि। यस बाहेक, भौगोलिक शास्त्र सम्बन्धी "स्यु स्या ख यौ ची", मेडिकल सम्बन्धी "पन छयाउ काङ मु", कृषि सम्बन्धी " नुङ चङ छयुआन शु" आदि पुस्तकहरु पनि मिङ राजवंशमा लेखिएका हुन्।

मिङ राजवंशको पछिल्लो अवधिमा जमीन भने केही मानिसहरुका हातमा मात्र सिमित भएको स्थिति देखापर्‍यो। राजपरिवार तथा स्थानीय प्रमुखहरुको स्वामित्वमा रहेको जमीनहरू धेरै देखियो। सरकारले कर पनि दिनप्रतिदिन बढाउँदै गयो। समाजमा अन्तर्विरोध झन-झन बढ्दै गयो। अधिकार प्राप्त आंशिक व्यक्तिहरुले सामाजिक अन्तर्विरोधलाई लचिलो पार्न अधिकारीहरु तथा दरबारमा भएका नशच्छेदन गरी नपूंसक बनाइएका पुरुषहरुको विशेषाधिकार सिमित पार्न आग्रह गरे। उनीहरुले तत्कालीन् राजनैतिक परिस्थित बारे छलफल गरे। उनीहरुलाई "तुङ्ग लिन पार्टी" भनिन्थ्यो। तर ती पदाधिकारी तथा दरबारका नपूंसक बनाइएका पुरुषहरुले उनीहरुमाथि प्रहार गरे। यसले समाजलाई अझ अस्थिर बनायो।

ग्रामीण क्षेत्रको संघर्ष पनि चर्कंदै गयो। सन् १६२७ मा वल्लो शान सीमा प्रकोप भयो। स्थानीय पदाधिकारीले ठूलो कर असुल्ने गरेकाले किसानहरुले त्यसको चर्को विरोध गरे। हजारौं भोका किसानहरु मिलेर सरकार विरोधी दलको गठन गरे। सन् १६४४ मा ती किसान विद्रोहीहरु पैचिङ पुगे र तत्कालीन राजा छुङ चनले आत्महत्या गरे।

जानकारी तथा लेखहरु