फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# आयातीत वस्तुप्रति चिनियाँ उपभोक्ताको बढ्दो माग

(GMT+08:00) 2018-06-07 09:01:50

चिनियाँ वाणिज्य मन्त्रालयले हालै आयातीत वस्तु लक्षीत एक सर्वेक्षण विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ।《प्रमुख उपभोक्ता उत्पादनको आपूर्ति तथा माग सम्बन्धी विश्लेषण रिपोर्ट》 भन्ने शीर्षकको यस प्रतिवेदनका अनुसार चिनियाँ उपभोक्ताको आयातीत वस्तुप्रतिको माग झन् झन् बढ्दै गएको छ। एक तिहाईको उपभोक्ताले आउने आधा वर्षमा आयातीत वस्तुको उपभोगलाई बढाउने योजना छ। यसका साथै चिनियाँ व्यवसायीले आयातलाई विस्तार गर्ने इच्छालाई पनि बलियो बनाएको छ।

हाल केही वर्षयता उच्च गुणस्तरको आयातीत वस्तुले झन् झन् बढी चिनियाँ नागरिकलाई आकर्षित गरेको देखिन्छ। चिनियाँ नागरिकले आयातीत वस्तु उच्च गुणस्तरको हुने भएकाले खरिद गर्ने गरेका छन् र मुख्य कारण पनि यहीँ नै हो। यस प्रतिवेदनबमोजिम माग गरिएका वस्तुहरुमध्ये अघिल्ला पाँच स्थानमा प्रसाधन सामाग्री, चश्मा र घडी, मातृ र बाल उत्पादन, गाडी, आभूषण रहेको छ। यसप्रति चिनियाँ वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक सहयोग अनुसन्धान प्रतिष्ठानको अन्तर्राष्ट्रिय बजार अनुसन्धान विभागका उपप्रमुख पाइ मिङ्गको विचारमा उपभोग्य स्तर बढ्नुको साथमा उपभोक्ताले वस्तुको गुणस्तरलाई निकै जोड दिँदै आएको छ। उहाँले भन्नुभयो:पहिले चिनियाँ नागरिकको आमदानी कम भएकाले वस्तुको मूल्यलाई जोड दिइएको देखिन्थ्यो। हाल जीवन स्तरमा निकै सुधार आएको छ र झन् झन् बढी नागरिकले वस्तुको गुणस्तरलाई जोड दिएको देखिन्छ।

उपभोक्ताको माग बलियो बन्दै गएबाट व्यवसायीको आयात गर्ने इच्छालाई प्रबर्द्धन गरेको छ। यस प्रतिवेदनका अनुसार यस सर्वेक्षणमा राखिएका ९३ किसिमका वस्तुमा चिनियाँ व्यवसायीले आउने एक वर्षमा वाइन,ताजा फलफुल,खेल पोशाक,शिशु खाना,डायपर लगायत ३४ वटा वस्तुको आयातलाई बढाउने योजना छ।

वास्तवमा हाल केही वर्षयता चीनले विदेशतर्फ आयात बढाउने भन्दै आएको छ। धेरै वस्तुको भन्सार कर लगातार घट्दै गएको छ। चीनको वाणिज्य मन्त्रालयको सम्बन्धित् तथ्याङ्कअनुसार चालू वर्षको जनवरीसम्म चीनले आठ हजारभन्दा बढी आयातीत वस्तुका लागि शून्य कर जस्तै सहुलियत नियम लागू गरेको छ। यसप्रति चीनको वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक सहयोग अनुसन्धान प्रतिष्ठानको क्षेत्रीय सहयोग अनुसन्धान केन्द्रका प्रमुख चाङ्ग च्यान फिङले आयातको विस्तारबाट नागरिकको मागलाई बढाउने मात्र नभइ अर्थतन्त्रको वृद्धिलाई पनि प्रबर्द्धन गर्ने बताउनुभएको छ। उहाँले भन्नुभयो:चीन मध्य आय मुलुक बन्दै गएको छ साथमा हाम्रो नागरिकको उपभोक्ता वस्तुप्रतिको माग लगातार बढ्दै गएको छ। आयातको विस्तारले उपभोक्ताको वास्तविक मागलाई बढाउनुका साथै अर्थतन्त्रको वृद्धिका लागि पनि सकारात्मक प्रबर्द्धन शक्ति सिर्जना गर्ने छ।

जानकारी तथा लेखहरु