फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई सहयोग सङ्गठनको शिखर सम्मेलनको पूर्वसन्ध्यामा चीन र किर्गिस्तानका राष्ट्रनायकले पैचिङमा हातमा हात मिलाए

(GMT+08:00) 2018-06-07 10:03:43

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन छ तारिख दिउँसो बृहत् जन सभा भवनमा चीनको राजकीय भ्रमणका साथै शाङहाई सहयोग सङ्गठनका लागि आउनुभएको किर्गिस्तानका राष्ट्रपति सूरोनबइ जीनबेकोभलाई एक स्वागत समारोहको आयोजना गरी उहाँसँग भेट-वार्ता गर्नुभएको छ।

बृहत् जन सभा भवनको पूर्वी ढोका बाहिरको चोक राजकीय भ्रमणका लागि स्वागत समारोहको आयोजना गर्ने मुख्य ठाउँ हो।

चिनियाँ कम्युनिष्ट पार्टीको १९‌ औं महाधिवेशनपछि चीनले राजकीय भ्रमण सम्बन्धी नयाँ स्वागत समारोह आयोजना गरेको यो पहिलो हो। नयाँ समारोह पहिलेभन्दा भव्य र शानदार रहेको छ। जसले नयाँ युगमा चिनियाँ विशेषतायुक्त कूटनीतिको नयाँ छवि उद्घाटित भएको छ।

गत वर्षको नोभेम्बरमा किर्गिस्तानको राष्ट्रपति पदमा निर्वाचित हुनुभएका जीनबेकोभको यो चीनको भ्रमण र साथै राष्ट्राध्यक्ष सी चिन फिङसँग भेट पहिलो हो। वार्ताको शुरुमा दुई जना राष्ट्रनायकले खुसीसँग कुराकानी गर्नुभयो।

 

वार्ताको एउटा उपलब्धिको रुपमा दुई देशका राष्ट्रनायकले दुई देश बीच सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धको स्थापना सम्बन्धी सँयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुभयो। सी चिन फिङले यसलाई दुई देश बीचको इतिहासमा कोसेढुंगाको अर्थ रहेको एउटा ठूलो घटना भएको र त्यसले दुई देश बीचको सम्बन्धमा नयाँ उत्प्रेरित शक्ति दिने बताउनुभयो।

पाँच वर्ष अगाडिको मध्य एशियाको भ्रमणको अवधिमा सी चिन फिङले कजाकिस्तानमा सम्बोधन गर्नुभएको थियो। यस सम्बोधनमा सी चिन फिङले पहिलो पटक "बेल्ट एण्ड रोडको आर्थिक क्षेत्र"को निर्माण गर्ने कल्पना प्रस्तुत गर्नुभएको थियो।

सन् २०१८ को फेब्रअरीमा "बेल्ट एण्ड रोड" प्रस्तावलाई व्यवहारमा उतारिएको एउटा नमुनाको रुपमा चीन-किर्गिस्तान-उज्वेकिस्तान अन्तर्राष्ट्रिय राजमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको छ। त्यसबाट "बेल्ट एण्ड रोड" का सम्बद्ध मुलुकका लागि आर्थिक-व्यापारिक सहयोग गर्ने र बैकिङ लगानी लगाउने नयाँ क्षेत्र पनि खोलिएको छ।

जुन छ तारिखको वार्तामा राष्ट्रपति जीनबेकोभले "बेल्ट एण्ड रोड" भन्ने महान प्रस्तावलाई किर्गिस्तानले समर्थन गरेको बताउँदै त्यस प्रस्तावबाट सम्बन्धीत् क्षेत्रको साझा विकासलाई अघि बढाइंदै जाने विश्वास पनि व्यक्त गर्नुभएको छ। अझ बढी साझा हित मिल्ने बिन्दु र यस्ता बिन्दुलाई अझै बढाउन खोज्नुका साथै सँगै मिलेर दुवै देश बीचको सहकार्य सम्बन्धी महत्वपूर्ण क्षेत्र र परियोजनाको राम्रोसँग तर्जुमा गर्नुपर्ने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

भौगोलिक स्थितिमा घनिष्टसँग जोडिएको मात्र नभई शाङहाई सहयोग सङ्गठनको व्यवस्थामा चीन र किर्गिस्तान दुवै नै असल छिमेकी पनि हुन्। सन् २०१२ मा चीनले सफलताका साथ शाङहाई सहयोग सङ्गठन पैचिङ शिखर सम्मेलनको आयोजना गरेपछि आयोजनाको अधिकारलाई किर्गिस्तानसमक्ष हस्तान्तरण गरेको थियो। त्यसपछि सन् २०१३ को सेप्टेम्बर महिनामा शाङ्हाई सहयोग सङ्गठनको शिखर सम्मेलन किर्गिस्तानको बिस्केकमा आयोजना गरिएको थियो। त्यस बेला चीनका राष्ट्राध्यक्ष सी चिन फिङ शाङहाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा सहभागी हुनुभएको पहिलो पटक थियो।

सन् २०१३ को सेप्टेम्बर तेह्र तारिख राष्ट्राध्यक्ष सी चिन फिङले बिस्केक शिखर सम्मेलनमा पहिलो पटक शाङहाई सहयोग सङ्गठनलाई सम्बोधन गर्नुभएको थियो।

हालआएर शाङहाई सहयोग सङ्गठनको शिखर सम्मेलन पुन: चीन फर्केको छ। शाङहाई सहयोग सङ्गठनका अध्यक्ष मुलुकको हैसियतले चीनले गरेको कामलाई किर्गिस्तानले ठूलो समर्थन गरेकोमा राष्ट्राध्यक्ष सीले उच्च मूल्याङ्कन गर्नुभयो। किर्गिस्तानसँगै मिलेर शाङहाई सहयोग सङ्गठनलाई स्वस्थ र स्थिर रुपमा विकसित पार्दै जान चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु