फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फु चेन प्रान्तीय नान फिङ शहरको सटीक लक्ष्यसहित गरिबी निवारण र हरित विकास

(GMT+08:00) 2018-06-08 09:12:30

फु चेन प्रान्तीय नान फिङ शहर फु चेन प्रान्तको उत्तरी भागमा पर्दछ र चिया संस्कृतिको उद्गम स्थल हो। तीस वर्षयता नान फिङ शहरले प्राकृतिक वातावरणमा कुनै ह्रास आउन नदिएर निरन्तर गरिबी निवारण व्यवसायको विकास गरेको, "नीलो नदी र हरियो पहाड"लाई गरिबी निवारणको "सुनौलो पहाड र चाँदीको पहाड"को रुपमा परिणत गरेको छ।

नान फिङ शहर च च्याङ प्रान्त र च्याङ सी प्रान्तसँग समेत जोडिन्छ। नान फिङको क्षेत्रफल फु चेन प्रान्तको क्षेत्रफलको पाँच खण्डमध्येको एक खण्ड बराबर छ। फु चेन प्रान्तको समुद्रीतटवर्ती क्षेत्रहरूको तुलनामा पहाड र वनस्पति नान फिङको विकासको एक बाधा थियो। नान फिङको गरिबी निवारण र धनी बनाउने बाटोको अन्वेषण गर्नका लागि फु चेन प्रान्तमा धेरै वर्षहरूसम्म काम गर्नुभएका सी चिन फिङले धेरै पटक नान फिङको निरीक्षण गर्नुभएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको नान फिङ समितिका सचिव युआन यिकाअनुसार, महासचिव सी चिन फिङले त्यस अवधिमा प्रस्तुत गर्नुभएको "आर्थिक विकास र वातावरणीय संरक्षण मिल्ने" हरित विकास बाटो धेरै वर्षहरूयता नान फिङका वासिन्दा गरिबीबाट मुक्त हुनु र धनी बन्नुको मुख्य कारण बनेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु