फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फु चेन प्रान्तीय नान फिङ शहरको सटीक लक्ष्यसहित गरिबी निवारण र हरित विकास

(GMT+08:00) 2018-06-08 09:12:30

हरित विकासलाई मुख्य आधारको रुपमा अपनाएर नान फिङको विभिन्न गरिबी निवारण नीति र व्यवसायको विकास दिशाले प्रकृतिसितको मेलमिलाप सिद्धान्त पालना गरिरहेको छ। नान फिङ शहरले गरिबी निवारणका लागि गाउँलाई अरु ठाउँ सार्नुबाट नयाँ ढाँचाको बस्तीको निर्माण र सुन्दर गाउँको निर्माणसित मिलाएर सुन्दर दृश्य, पूर्ण आधारभूत प्रबन्धको आधुनिक गाउँको निर्माण गर्न प्रयास गरेको छ। थ्य शान बस्तीको न्यू पै शान आबास समुदाय प्रकोपपीडित वासिन्दाहरूबाट गठित एक आबास समुदाय हो। चिनियाँ कम्युनिष्ट पार्टीको थ्य शान बस्तीका सचिव यान लुङ पोले यस नयाँ गाउँमा नयाँ आबास, नयाँ सडक मात्र नभई व्यवसाय पार्कको नयाँ रोजगार ढाँचा समेत रहेको बताउनुभयो। उहाँ भन्नुहुन्छ "यो आबास समुदायमा जम्मा १९९ वटा घरपरिवार छन्। यो बस्तीबाट नजिक छ र व्यवसाय पार्कबाट पनि नजिकै छ। हामीले उनीहरूलाई यहाँ बसोबास गर्ने व्यवस्था मिलाएपछि ८० प्रतिशतका वासिन्दाले बस्तीमा रोजगार अवसर पाएका छन्। बालबालिकाका लागि विद्यालयको सुविधा छ। यो आबास समुदायका प्रायजसो वासिन्दा सामान्य किसान हुन् र मुख्यतः खेतीपाती गर्दथे। यहाँ आएपछि उनीहरू कारखानाका मजदूर बनेका छन्। उनीहरुको जीवनको समस्या समाधान गरिएको छ।"


1  2  3  4  
जानकारी तथा लेखहरु