फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अतुलनीय चीन-रूस सम्बन्ध

(GMT+08:00) 2018-06-09 15:20:46

हिजो जुन ८ तारिख बेलुकी थेनचिनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही घण्टासम्म अस्मरणीय समय बिताउनुभएको छ। स्वागत समारोह, भेट-वार्ता, मित्रता पदक प्रदान समारोह, हाइस्पिड रेल सँगसँगै चढ्ने, हकी प्रतियोगिता हेर्नु आदि उच्चस्तरीय चीन-रूस सम्बन्धमा यो ग्रीष्ममा नयाँ पाना थपिएको छ।

सीः राष्ट्रपति पुटिन मेरो सबभन्दा मन मिल्ने साथी हुनुहुन्छ।

८ तारिख दिउँसो जनबृहत सभाभवनमा जनगणतन्त्र चीनको पहिलो 'मित्रता पदक' प्रदान समारोहमा राष्ट्राध्यक्ष सीले रुसी राष्ट्रपति पुटिनलाई पदक प्रदान गर्नुभएको छ। सीले यो पदक नै चिनियाँ जनताले राष्ट्रपति पुटिनको सर्वोच्च सम्मानता प्रतिविम्वित गरिको र चीन तथा रूस दुईबीचको गहिरो मित्रतालाई पनि देखाएको उल्लेख गर्नुभयो।

हाइस्पीड रेलबाट थेनचिन यात्रा

पुटिनः चीनसँगको सहयोगको परिधि तथा गहिरोपन पहिलेभन्दा धेरै फराकिलो भएको छ।

बेलुकीबख राजकीय कार्यक्रम सम्पन्न भएपछि राष्ट्राध्यक्ष सी तथा राष्ट्रपति पुटिनले सँगसँगै हाइस्पिड रेलबाट थेनचिन प्रस्थान गर्नुभयो। हाइस्पिड रेलमा उहाँहरूले चीन-रूस रेलवे तथा सामान ढुवानी सम्बन्धी सहयोगात्मक दस्तावेजमा हस्ताक्षर समारोहमा पनि भाग लिनुभएको छ।

केही वर्षयता, चीन-रूस रणनीतिक योजनाहरू तथा सहयोगहरू चौतर्फी रूपमा गहन भैरहेका छन्। प्राकृतिक ग्याँस पाइप परियोजनाको सुचारू कार्यन्वयन, वस्तुगत चरणमा चीन-रूस यात्रुवाहक ठूलो विमानको अध्ययन तथा विकासको प्रवेश आदि। पारस्परिक सहयोगमा नयाँ बृद्धि बारम्बार देखा परिरहेको छ। इ-कर्मस क्षेत्रमा भएका सहयोग, चन्द्रमा तथा बाह्य अन्तरिक्षको अन्वेषण, 'यूरोप-एशिया साझेदारी सम्बन्धको स्थापनाबारे छलफल भएको छ। यी सबै सहयोग पहिले नभएको र अतुलनीय भएको विचार पुटिनले व्यक्त गर्नुभएको छ।

दुवै जना हकीका ठूला प्रेमी हुनुहुन्छ

पुटिनः हकी भन्ने खेल रूस-चीन मित्रताको नयाँ पुल बन्ने मेरो आशा छ।

हकी खेल प्रेमी दुवै मुलुकका राष्ट्रनायक राष्ट्राध्यक्ष सी र राष्ट्रपति पुटिनले सँगसँगै चीन-रूस किशोर हकी मैत्री प्रतियोगिताको लागि पहिलो बल प्रहार गर्नुभयो।

रूसी राष्ट्रपति पुटिनले दुवै देशका किशोरहरूको श्रेष्ठ क्षमताको प्रशंसा गर्दै यस किसिमको खेल नै आपसी मित्रताको नयाँ पुल बन्ने आशा व्यक्त गर्नुभएको छ भने राष्ट्राध्यक्ष सीले वर्डकप २०१८ रूसमा शुरू लागिरहेको बेला रूसलाई चीनले समर्थन गर्दै जाने पुष्टि गर्नुभएको छ। साथै दुई देश बीच खेलकूद क्षेत्रमा हुने आदानप्रदान तथा सहयोग प्रवर्द्धन हुँदै जाने आशा पनि सीले प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु