फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत#चीनमा कार्बन निश्कासन गतिमा सुधार हुँदै

(GMT+08:00) 2018-06-14 10:26:17

चीनको 28औं ऊर्जास्रोत किफायत प्रचारप्रसार सप्ताह यसै जुन एघार तारिखदेखि औपचारिक रुपमा सुरु भएको छ। यस प्रचारप्रसार सप्ताहको मुख्य विषय"ऊर्जास्रोतको किफायत गर्दै निलो आकाशको संरक्षण"भन्ने हो। एघार तारिख यस कार्यक्रमको सुरुवाती समारोहमा चीनको राष्ट्रिय विकास तथा सुधार समिति र वातावरण संरक्षण मन्त्रालयका सम्बन्धित जिम्मेवार व्यक्तिबाट जानकारी प्राप्त भएअनुसार वितेका पाँच वर्षमा चीनको"दश हजार उत्पादन मात्रा"को ऊर्जा खपत दुई अंकको प्रतिशतले घटेको छ। कार्बन निश्कासन तिब्र गतिमा विकसित भैरहेको परिस्थिति पनि प्रारम्भिक रुपमा सुधारिँदै गएको देखिन्छ।

चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख निङ्ग चि चले जानकारी दिनुभएअनुसार सन्2013देखि सन्2017सम्म चीनको "दश हजार उत्पादन मात्रा"को ऊर्जा खपत अर्थात् औसत हरेक दश हजार चिनियाँ युआन पर्ने मूल्यको उत्पादन बस्तुका लागि उपभोग गर्न चाहिने ऊर्जास्रोत जम्मा 20.9प्रतिशतले घटेको छ। जसले एक अर्ब तीन करोड टनको मानक कोइलाको किफायत भएको छ। जसबाट हेर्दा औसत प्रतिवर्ष 2.2प्रतिशतको ऊर्जास्रोत उपभोग बृद्धिले स्वदेशी गार्हस्थ उत्पादन मात्राको औसत प्रतिवर्षको 7.1प्रतिशतको वृद्धिमा समर्थन सिर्जना गरेको छ। भविष्यमा चीनले ऊर्जास्रोतको किफायतलाई प्रदूषणको प्रतिरोध भन्ने लडाकुको प्रथम कदमको रुपमा लिने छ।

कार्बनडाइअक्साइड जस्तै ग्रीनहाउस ग्याँस उत्सर्जनलाई कसरी न्यूनीकरण गर्ने भन्ने वर्तमान वातावरण संरक्षणको महत्वपूर्ण समस्याहरुमध्ये एक हो। यस प्रचारप्रसार सप्ताहमा"राष्ट्रिय कम कार्बन दिवस"भन्ने कार्यक्रमको पनि आयोजना हुन लागेको छ। जसबाट नागरिकको जलवायु परिवर्तन सम्बन्धी धारणालाई मजबुत बनाउनुका साथै कम कार्बन सम्बन्धी गतिविधिलाई प्रवर्द्धन गर्ने छ। यसप्रति चीनको वातावरण मन्त्रालयका उपमन्त्री च्वाङ्ग क्वो थाइले जानकारी दिनुभएअनुसार जलवायु परिवर्तनको सक्रिय रूपमा सामना गर्दै कम कार्बनको विकासलाई तिब्र प्रवर्द्धन गर्नु नै सारा विश्वको सहमति बनेको विषय हो। चीनमा कार्बनको निश्कासन घट्दै गएको देखिन्छ। उहाँले भन्नुभयो:सन्2017 हाम्रो मुलुकको कार्बन तीव्रता सन्2005कोभन्दा 46प्रतशितले घटेको छ भने पहिले कार्बनको निश्कासन तिब्र गतिमा विकसित भएको प्रवृतिलाई प्रारम्भिक रुपमा परिवर्तन गरेको छ। आउने चरणमा जलवायुको परिवर्तनको सामनाबाट उच्च गुणस्तरको विकासका लागि सिर्जना गर्ने भूमिकालाई सम्पूर्ण रुपमा खेल्ने भएको छ।

पैचिङ्गका उपमेयर याङ्ग पिन यस प्रचारप्रसार सप्ताहको सुरुवात समारोहमा भाग लिँदै ऊर्जास्रोतको किफायत हरेक नागरिकसँग अलग हुँदैन भन्दै अझ बढी नागरिकले वातारण संरक्षणको गतिविधिमा भाग लिनसक्ने आशा गर्नुभएको छ। उहाँले भन्नुभयो:मेरो आशा छ:हरेक व्यक्तिले आफ्नो वास्तविक गतिविधिमार्फत् कम गाडीको प्रयोग, ऊर्जा बचत घरेलु उपकरणको प्रयोग जस्तै सानो कुरा गर्नसक्ने छ। जसबाट हरित कम कार्बनयुक्त सामाजिक वातावरण सिर्जना गर्नसकिने छ।

जानकारी तथा लेखहरु