फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# फु चेन प्रान्तीय नान फिङ शहरको"निलो नदी र हरियो पहाड"

(GMT+08:00) 2018-06-15 09:39:15

हरित विकासलाई मुख्य आधारको रुपमा अपनाएर फु चेन प्रान्तको नान फिङको विभिन्न गरिबी निवारण नीति र व्यवसायको विकास दिशाले प्रकृतिसितको मेलमिलापयुक्त सिद्धान्त पालना गरिरहेको छ। नान फिङ शहरले गरिबी निवारणका लागि गाउँलाई अरु ठाउँ सार्नुबाट नयाँ ढाँचाको बस्तीको निर्माण र सुन्दर गाउँको निर्माणसित मिलाएर सुन्दर दृश्य, पूर्ण आधारभूत प्रबन्धको आधुनिक गाउँको निर्माण गर्न प्रयास गरेको छ। थ्य शान बस्तीको न्यू पै शान आबास समुदाय प्रकोपपीडित वासिन्दाहरूबाट गठित एक आबास समुदाय हो। चिनियाँ कम्युनिष्ट पार्टीको थ्य शान बस्तीका सचिव यान लुङ पोले यस नयाँ गाउँमा नयाँ आबास, नयाँ सडक मात्र नभई व्यवसाय पार्कको नयाँ रोजगार ढाँचा समेत रहेको बताउनुभयो।

 

किसानबाट मजदूर बनाउनका लागि नान फिङको सम्बन्धित विभागले सारेका किसानलाई तालिम दिएको छ। न्यू पै शान आबास समुदाय समितिका प्रमुख व्हाङ र्‍वै छुङले जानकारी दिनुभएअनुसार, उहाँ पहिला किसान हुनुहुन्थ्यो, तालिम लिएपछि उहाँले नयाँ रोजगारको अवसर पाउनुभयो। उहाँको जीवन सुध्रिएको छ। उहाँ भन्नुहुन्छ "रोजगारको तालिम लिएपछि मैले औद्योगिक उत्पादन क्षेत्रमा प्रवेश गरेको थिएँ। हाल मेरी श्रीमतीले पनि कारखानामा काम गर्छिन्। हरेक महिना मेरो तलब चार हजार चिनियाँ युआन बराबर छ भने मेरी श्रीमतीको तलब दुई हजार चिनियाँ युआन पुगेको छ। हामीसँग दुई जना बच्चा छन्। एकजना विश्वविद्यालयमा पढ्दैछन् र अर्को उच्च माध्यमिक विद्यालयमा पढ्दैछन्। यहाँ अस्पताल जान, पढ्न, रोजगार पाउन निकै सुविधा छ।"

1  2  3  4  
जानकारी तथा लेखहरु