फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # पैचिङ शैक्षिक प्रतिनिधि मण्डलद्बारा पेरुको भ्रमण

(GMT+08:00) 2018-06-19 15:47:54

पेरुका लागि चिनियाँ दूतावास, पैचिङ शिक्षा परिषद् र पैचिङ अन्तर्राष्ट्रिय शैक्षिक आदान-प्रदान केन्द्रको संयोजकत्वमा रहेको दुइवटा "पैचिङ शैक्षिक प्रचार-प्रसार समारोह" बेग्ला बेग्लै गरी गत जुन एक र दुई तारिख पेरुको राजधानी लिमामा अवस्थित सान इग्नासिओ लोयोला विश्वविद्यालय र कन्टिनेन्टल लीमा विश्वविद्यालयमा आयोजना गरियो। पैचिङको शैक्षिक अवस्था र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको भविष्यबारे जानकारी दिनु र चीन तथा पेरु दुवै देश बीचको शैक्षिक सहकार्य र आदान-प्रदानलाई प्रबर्द्धन गर्नु नै ती सम्मेलनको मुख्य उद्देश्य रहेको छ।

उक्त शैक्षिक प्रचार-प्रसार समारोहमा चीनको संचार विश्वविद्यालय, पैचिङ बन विश्वविद्यालय, पैचिङ रासायनिक उद्योग विश्वविद्यालय र पैचिङ फाङ शान प्रिफेक्चरमा अवस्थित लु युआन विद्यालय आदि संलग्न भएका थिए। सो समारोहले चीनमा अध्ययन गर्न चाहेका सयौंजना स्थानीय विद्यार्थी तथा उनीहरूका आमा-बुवाहरूलाई आकर्षित गरेको छ। शैक्षिक समारोहमा सहभागी भएका तीनवटा चिनियाँ विश्वविद्यालयले बेग्ला बेग्लै गरी पेरुको कन्टिनेन्टल लीमा विश्वविद्यालयसँग सहकार्य सम्झौतामा पनि हस्ताक्षर गर्दै अब उपरान्त आदान-प्रदानका लागि राम्रो जग पनि बसालेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु