फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # तेस्रो "चीन-मध्य पूर्वी युरोपेली मुलुकको सांस्कृतिक सिर्जनशील व्यवसाय मञ्च" पोल्याण्डमा आयोजित

(GMT+08:00) 2018-07-02 16:12:08

तेस्रो "चीन-मध्य पूर्वी युरोपेली मुलुकको सांस्कृतिक सिर्जनशील व्यवसाय मञ्च" गत जुन तेह्देखि सोह्र तारिखसम्म पोल्याण्डको लोड्ज शहरमा आयोजना गरियो। सिर्जनशील पुनरुत्थान भन्ने मुख्य नारा रहेको सो मञ्चले सिर्जनशील व्यवसायद्बारा शहरको विकासका लागि दिइने प्रभावमा नजर पुर्‍याएर चीन र मध्य पूर्वी युरोपेली मुलुकका सांस्कृतिक सिर्जनशील व्यवसाय बीचको सहकार्य र आदान-प्रदानलाई सबल पार्ने विषयबारे छलफल गरेको छ।

उक्त मञ्चलाई दुई भागमा विभाजित गरिनुका साथै बेग्ला बेग्लै गरी संयुक्त राष्ट्र संघ युनेस्कोको "सिर्जनशील शहर नेटवर्क चलचित्रको राजधानी" मानिने लोड्ज शहर र "संगीत राजधानी" मानिने काटोविच शहरमा आयोजना गरिएको थियो। चीन र मध्य पूर्वी युरोपका सोह्रवटा मुलुकका विशेषज्ञ, विद्वान र सांस्कृतिक व्यवसायका प्रतिनिधिहरू लगभग पचास जना सो मञ्चमा सहभागी भएका छन्। मञ्चको अवधिमा चीन र मध्य पूर्वी युरोपेली मुलुकका सांस्कृतिक व्यवसायका प्रतिनिधिहरूले सिर्जनशील व्यवसायबाट शहरको पुनरुत्थानका लागि सघाउ पुग्ने, डिजाइन क्षेत्रको सहकार्य ढाँचा, चीन र मध्य पूर्वी युरोपेली मुलुकबीचको सांस्कृतिक आदान-प्रदान तथा चलचित्र, नयाँ मिडिया, भिडियो खेल र सीमापार सहकार्य आदि विषयबारे विचार-विमर्श गरेका थिए।

1  2  
जानकारी तथा लेखहरु