फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती संग्रहालय

(GMT+08:00) 2018-07-10 09:18:29

ढुङ्गे युगामा तिब्बती क्षेत्रमा मानव जाति बसिसकेको थियो। त्यसैले तिब्बत संग्रहालयमा तत्कालको ढुङ्गाको बन्चरो, ढुङ्गाकै चक्कु पनि धेरै राखिएको छ। अहिले पनि यी हतियारले मासु काट्न सकिन्छ। ढुङ्गे युगिन सेरामिक बोतल र कचौरा अझै चम्किला देखिन्छन्। तिहरु जमिनमुनि दश हजार वर्षसम्म गाँडिएका भए पनि चमक घटेको छैन। यसबाहेक संग्रहालयमा लाखौँ वर्षअघिका अनाजको बिउ र जेड धातुका गहना संग्रह गरिएको छ। ती पुरातात्विक वस्तु हेर्दा प्राचीन काल नै फर्केको जस्तो अनुभूति शुन्छ।

चीनको थाङ वँशयता तिब्बती क्षेत्र र केन्द्रीय सरकारबीच निकै घनिष्ठ आवत-जावत थियो। तत्कालका धेरै ऐतिहासिक मूल्यवान् वस्तु र सुन्दर कला सम्पत्तिहरु हाल संग्रहालयमा राखिएका छन्। तीमध्ये हजारौँ वर्षअघि तिब्बती कागजबाट बनाइएको सूत्र राखिएको छ। त्यो तिबब्ती कागजलाई प्रचीन तिब्बतीहरुले रुखको छाला र अत्यन्त विशालु मानिने सेल्सेमियम इलेगन्स घाँसबाट बनाइएको हो। यो विशालु बनस्पतिबाट बनेको हुनाले यसलाई किराले पनि खाँदैन। यस्ता कागजमा तिब्बती कलालाई हजारौँ वर्षसम्म संरक्षण गर्न सकिन्छ।

1  2  3  4  
जानकारी तथा लेखहरु