फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती संग्रहालय

(GMT+08:00) 2018-07-10 09:18:29

युआन वंशका पहिला राजाका धार्मिक गुरु अर्थात् मंगोलियाली अक्षरको आविष्कारक पागपा तिब्बती नै हुन्। त्यसपछिका हरेक राजाका धार्मिक गुरु सबै तिब्बती वरिष्ठ भिक्षु थिए। संग्रहालयमा युआन वंशका पुरातात्विक वस्तु पनि राखिएका छन् तीमध्ये चौधौँ शताब्दीपछि राजाका धार्मिक गुरुका लालमोहर छाप सबभन्दा मूल्यवान् छन्। राजाका धार्मिक गुरुका लालमोहर छाप सबै जेड धातुमा छन्। त्यसमा उत्कृष्ट तथा सुन्दर जनावरको चित्र कुँदिएको छ। राजसी कुँदाइबाट तत्कालीन राजाका तिब्बती धार्मिक गुरुको सर्वोच्च स्थिति देख्न सकिन्छ।

मिङ र छिङ वंश चीनको सेरामिक्स कला विकासको शिखर अवधि थियो। तीमध्ये चीनको चिन द चन शहरको सेरामिक्स सबभन्दा नामी मानिन्छ। तिब्बती क्षेत्रमा तत्कालका धेरै उत्कृष्ट तथा सुन्दर सेरामिक्स कलाहरु फैलिएका छन्। ती सुन्दर बनावट र चित्रबाट प्रचीन चीनको हान जाति र तिब्बती जातिबीच घनिष्ठ सांस्कृतिक आदान-प्रदान देख्न सकिन्छ।

संस्कृति तथा कला प्रदर्शन हलमा स्पष्ट जातीय विशेषतायुक्त हस्तकलात्मक वस्तु राखिएका छन्। तीमध्ये उत्कृष्ट सामग्री र चित्रकला रहेको थाङ्का चित्रहरु छन्। लामो इतिहास बोकेको तथा विशेषतायुक्त रङ्गिङ तिब्बती ओपेराको मुकुन्डाहरु, विभिन्न मूगा, दामी पत्थर, रत्नबाट सजावट भएका चाँदी र तामा उपकरण छन्, सरल तथा व्यवहारिक ऊन कपडा पनि छन्। यी सबै तिब्बती वस्तुबाट तिब्बतका रंगीन तथा प्रशस्त जातीय प्रचलन प्रतिबिम्बित भएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु