फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मिङ्ग राजवंशमा जापानी डाँकूको विरोध-१

(GMT+08:00) 2018-07-11 09:56:20

जापानी डाँकू समस्या युआन राजवंशको अन्तिम र मिङ्ग राजवंशको सुरुवात समय सुरु भएको हो। त्यति बेला जापान दक्षिण र उत्तर विभाजित कालमा रह्यो। दक्षिण-पश्चिमी क्षेत्रमा रहेको साम्राज्य अलगाववादी शक्तिले आन्तरिक युद्ध गर्नुका साथै समुद्री डाँकू, व्यवसायी र सशस्त्र व्यक्तिसँग संलयन गरेर चीनको समुद्रतटवर्ती क्षेत्रमा लुटपाट र हैरान गरेका थियो। यो जापानी डाँकू समस्यको उत्पन्न हो। मिङ्ग छेङ्ग चु सम्राटको शासन कालमा सैन्य शक्तिको सुधार गरिनुका साथै समुद्री सिमाको रक्षा पनि सबल पारेको थियो। त्यसैले जापानी डाँकू समस्या त्यति ठूलो थिएन। तर मिङ्ग राजवंशको शासन क्रमशः भ्रष्टाचार र समुद्री सिमाको रक्षा कमजोर भएका हुनाले जापानी डाँकू समस्या झन् झन् गम्भीर हुँदैगयो। साथै स्थानीय धनी व्यवसायी र जापानी डाँकूले संलयन गरेर सशस्त्र लुटपाट समूहको स्थपना गरे। जसले स्थानीय सर्वसाधारणको सामान्य जीवन र व्यवसाय सञ्चालनमा गम्भीर प्रभाव पार्‍यो। च च्याङ्ग क्षेत्रका शासक चु चिले समस्याको कारण बुझेर स्थानीय बेइमानी व्यापारीमाथि प्रहार गर्नुका साथै समुद्री रक्षालाई सक्रिय रुपमा सबल पारी डाँकूको विरोध गरे। तर उनको कदमले स्थानीय धनी समूहको फाइदामाथि भंग पुर्‍याएका हुनाले बाध्यमा आत्महत्या गरे।

1  2  3  
जानकारी तथा लेखहरु