त्यसपछि सरकारले यो समस्याको समाधान गर्न जनरल यु दा यौलाई पठायो। जनरल युले च च्याङ्ग क्षेत्र पुगेर सफलताका साथ केही युद्धमा विजय प्रप्त गरे। तर केही राजनीतिक संघर्षका कारणले जनरल यु जेलमा राखिए। समुद्री रक्षा मामिलामा निर्देशक अभावका कारणले जापानी डाँकू समस्या फेरि बढ्यो। सरकारले शान तुङ्ग क्षेत्रमा तैनाथ जनरल छि चि क्वाङ्गलाई च च्याङ्ग क्षेत्रमा पठायो।
छि चि क्वाङ्ग शान तुङ्ग क्षेत्रीय फेङ्गलाइमा जन्मेका हुन्। छि चि क्वाङ्गका पूर्वज मिङ्ग राजवंशका प्रथम सम्राट चु युआन चाङ्गको जनरल थियो। उनले प्रथम सम्राटका लागि लगभग तीस वर्ष संघर्ष गरेर युन नान क्षेत्रमा मृत्यु भयो। प्रथम सम्राटले उनको छोरोलाई जनरलको पद दिनुका साथै युगौंयुग शानतुङ्ग क्षेत्रीय फेङ्गलाइमा जनरलको उत्तराधिकार बनाउन स्वीकार गरे।
1 2 3