फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बङ्गलादेशको एक्रोब्याटिक्स मण्डल

(GMT+08:00) 2018-07-13 09:14:32

एक्रोब्याटिक्स कलाको चीनमा दुई हजार वर्ष लामो इतिहास छ। यो चीन तथा देशविदेशको जनस्तरको आदान-प्रदानलाई बढाउने पम्परागत कला पनि हो। चिनियाँ एक्रोब्याटिक्स मण्डलले विश्वको विभिन्न ठाउँमा गएर प्रदर्शनका गर्दैआएको छ र विश्वले हार्दिकताका साथ स्वागत पनि गर्दैआएको छ। यसै गरी बङ्गलादेशका सर्वसाधारणले पनि चिनियाँ एक्रोब्याटिक्स मण्डललाई हरेक पटक बङ्गलादेश आएको बेला निकै रूचाएका छन्।

बङ्गलादेशका मानिसको विचारमा चीन र रुसमा मात्रै उच्च स्तरको एक्रोब्याटिक्सको अवलोकन गर्नपाइन्छ। हाल चीन सरकारको सहयोगमा बङ्गलादेशले पनि आफ्नै एक्रोब्याटिक्स मण्डल गठन गरेको छ। विगत दुई वर्षमा उक्त टोलीहरूले बङ्गलादेशका ६४ वटा जिल्लामा ३५० पटक प्रदर्शन गरिसकेको छ। बङ्गलादेशका राष्ट्रपति र प्रधानमन्त्रीले बङ्गलादेशको एक्रोब्याटिक्स मण्डलको प्रशंसा गर्नुभएको छ र साथै‍ दशौं हजार दर्शक पनि उक्त प्रदर्शनतर्फ आकर्षित भएका छन्।

बङ्गलादेशको एक्रोब्याटिक्स मण्डलको गठन क्रमबारे चर्चा गर्दै बङ्गलादेशको राष्ट्रिय कला एकेडेमीका निर्देशक अलि लक्की भन्नुहुन्छ "सन् २००४ मा बङ्गलादेश सरकारले एक्रोब्याटिक्सको छोटो समयको तालिम कक्षा संयोजनका साथै एक्रोब्याटिक्स तालिम केन्द्रको स्थापना गरेको थियो। तर तालिम कक्षा सम्पन्न भएसँगै तालिम लिएका व्यक्तिहरू आफ्नो घर फर्के र एक्रोब्याटिक्स योजना पनि स्थगित भएको थियो।"

सन् २०११ मा निर्देशक अलि लक्कीले त्यस वर्षमा तालिम लिएका २५ जना विद्यार्थीलाई बोलाएर एक्रोब्याटिक्स मण्डलको पुनःगठन गर्नुभयो। तर ती विद्यार्थीहरूको उमेर धेरै थियो र साथै धेरै वर्षसम्म अभ्यास पनि गरेका थिएनन्। त्यस अवधिमा उहाँले बङ्गलादेशस्थित चिनियाँ राजदूतावासबारे सोच्नुभयो। किनभने चिनियाँ राजदूतावासले बङ्गलादेशको राष्ट्रिय कला एकेडेमीसँग मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध कायम राखेको थियो। सन् २०१५ मे महिनामा तत्कालीन् चीनका उपप्रधानमन्त्री लिउ यान तुङले बङ्गलादेशको भ्रमण गर्नुभएको समयमा चीन सरकारले बङ्गलादेशका लागि २० जना विद्यार्थीलाई एक्रोब्याटिक्स तालिम दिने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।

सन् २०१६ सेप्टेम्बरमा बङ्गलादेशका पहिलो खेपका दश जना विद्यार्थी पैचिङ अन्तर्राष्ट्रिय कला विद्यालय आए। एक्रोब्याटिक्स गुरुको निर्देशनमा उनीहरूले शुन्यबाट आधारभूत अभ्यास लिन थालेका थिए। सन् २०१७ जुलाईमा पहिलो खेपका विद्यार्थीहरू स्वदेश फर्केपछि बङ्गलादेशस्थित चिनियाँ राजदूतावासमा आयोजना भएको स्वागत समारोहमा चीनबाट आएका एक्रोब्याटिक्स कलाकारसँग अभिनय गरेका थिए। त्यसपछि बङ्गलादेशका ती एक्रोब्याटिक्स कलाकारले बङ्गलादेशको राष्ट्रिय थिएटर, राष्ट्रिय कला एकेडेमी, विश्वविद्यालयलगायतका स्वदेशी तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमहरूमा अभिनय गरेका थिए। बङ्गलादेशको राष्ट्रिय कला एकेडेमीका निर्देशक अलि लक्की भन्नुहुन्छ। "हाम्रो राष्ट्रपति र प्रधानमन्त्रीले दुई पटक हाम्रो प्रदर्शन अवलोकन गर्नुभयो। बङ्गलादेशका राष्ट्रपतिले उनीहरूको कलाको प्रशंसा गर्नुभयो। बङ्गलादेशस्थित चिनियाँ राजदूतावास र पैचिङ कला विश्वविद्यालयको सहयोग नभएमा बङ्गलादेशमा बङ्गलादेशका कलाकारको एक्रोब्याटिक्स कार्यक्रमको अवलोकन गर्नसकिँदैन।"

सन् २०१७ डिसेम्बरमा दोस्रो खेपका दश जना विद्यार्थी पैचिङ अन्तर्राष्ट्रिय कला विद्यालय आए। पैचिङ अन्तर्राष्ट्रिय कला विद्यालयको निमन्त्रणामा बङ्गलादेशको राष्ट्रिय कला एकेडेमीका निर्देशक अलि लक्कीले चालू वर्ष अप्रिलमा बङ्गलादेशका विद्यार्थीलाई सान्त्वना प्रदान गर्न पैचिङ आउनुभयो। उहाँका अनुसार, चीन आएको चार महिनामा उनीहरूले ठूलो प्रगति हासिल गरेका छन्। साथै अलि लक्कीलाई खुशी लागेको कुरा के हो भने बङ्गलादेशका मन्त्रीहरू र साँसदहरूले एक्रोब्याटिक्स कलाकारको अवलोकन गर्नुभएपछि कलाकारको धेरै प्रशंसा गर्नुभयो र साथै चीन सरकारले दिएको सहयोगप्रति कृतज्ञता ज्ञापन व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु