अमेरिकाको '३०१' बुँदाका विरुद्ध दुई खर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमाथि भन्सार कर थप्ने विषयबारेमा जुलाई १६ तारिख विश्व व्यापार संगठनमा चीनले थप अभियोग लगाएको छ। सो कुरा चीनको वाणिज्य मन्त्रालयको वेभसाइटमा आज जुलाई १६ तारिख सार्वजनिक गरिएको हो।
जुलाई ११ तारिख दुई खर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमाथि अमेरिकाले भन्सार कर थप्ने सूचीबारे चर्चा गर्दै चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले अमेरिकाले समस्यालाई अर्को चर्को चरणमा पुर्याउने यस्तो तरिकामार्फत थप भन्सार कर लगाउने सूची सार्वजनिक गरेको कुरा चीनले अस्वीकार गर्दै यसप्रति कडा विरोध गरेको कुरा बताउनुभएको थियो। चीन सरकारले पहिले झैँ पछि पनि आवश्यक जवाफ दिने कुरा चिनियाँ प्रवक्ताले प्रकाश पार्नुभएको थियो।