फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# नवविकास बैंकबाट ब्रिक्सको फलिफाप

(GMT+08:00) 2018-07-26 15:14:07

सन्2018 ब्रिक्स नेतास्तरीय दशौं वार्ता यसै महिनाको अन्तमा दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो शहर जोहानेस्वर्गमा आयोजना हुन लागेको छ। नयाँ विकसित आर्थिक समूहको प्रतिनिधिको हैसियतले"ब्रिक्स पाँच मुलुक" का नेताहरुले यस वार्तामा ब्रिक्सको आउने दश वर्षको विकास योजना बनाउनका लागि छलफल गर्ने छन्। पहिलो"सुनौलो दश वर्ष"पार गरेको ब्रिक्स संयन्त्रले निरन्तर रुपमा विश्वव्यापी नजर आकर्षण गर्न सक्छ कि सक्दैन त?ब्रिक्स राष्ट्रिय विकास बैंकका भूतपूर्व उपाध्यक्ष पाउलो नोगुअरिया बाटिस्टाले हाम्रो रेडियोलाई एक अन्तर्वार्ता दिँदै ब्रिक्सप्रति आफ्नो विचार व्यक्त गर्नुभएको छ।

ब्रिक्सको पहिलो "सुनौलो दश वर्ष"को अनुभवीको हैसियतले उपाध्यक्ष नोगुअरियाले ब्रिक्सको उच्च मूल्याङ्कन गर्दै यस संयन्त्रले पाँच मुलुकबीचको सम्पर्कलाई मजबुत बनाएको धारणा व्यक्त गर्नुभएको छ। उहाँले अगाडि भन्नुभयो:ब्रिक्स संयन्त्रले दश वर्ष पार गरेको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फङ्गको एक वाक्य बमोजिम ब्रिक्सले सुनौलो दश वर्ष पार गरेको छ। यस दश वर्षमा ब्रिक्सका पाँच मुलुकबीचको सम्बन्ध अझ घनिष्ट बन्दै गएको देखिन्छ। आपसी पारस्परिक सहयोगलाई गहन पार्नुपर्ने महत्व पनि झन झन बढी स्पष्ट देखिन्छ।

ब्रिक्स राष्ट्र विकास बैंक यस्तो पृष्ठभूमिमा जन्मेको हो। उपाध्यक्ष नोगुअरियाका अनुसार यस बैंक विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्य नेतृत्वमा रहेको वर्तमान मुद्रा बित्तीय प्रणालीका लागि पूरक भूमिका सिर्जना गरेको हो। उहाँले भन्नुभयो:ब्रिक्स राष्ट्र विकास बैंकको स्थापनासँग दुई महत्वपूर्ण भावार्थ रहेको छ। एकातिर यसले विश्व बैंकद्वारा प्रतिनिधित्व गर्ने वर्तमान मुद्रा प्रणालीका लागि पूरक भूमिका निर्वाह गरेको छ। अर्कातिर यस संयन्त्रको स्थापनासँग एक नविन तरिकाले विकासोन्मुख मुलुकका सामु देखापरेको समस्याको सामना गर्नसक्ने लक्ष्य रहेको छ।

हाल विकासको प्रारम्भिक अवधिमा बसेको ब्रिक्स बैंकले फलिफाप शक्ति देखापरेको छ। तर पनि उपाध्यक्ष नोगुअरियाले यस संयन्त्रमा केही समस्या पनि रहेको देख्नुहुन्छ। यी समस्याको समाधान गर्नेमा ब्रिक्स संयन्त्रले सबैभन्दा ठूलो परिमाणमा आफ्नो संचिति शक्ति निर्वाह गर्नसक्ने छ।

यसका साथै उपाध्यक्ष नोगुअरियाले चीनद्वारा ब्रिक्स संयन्त्रमा सिर्जना गरेको भूमिकाको उच्च मूल्यङ्कन गर्नुभएको छ। उहाँले भन्नुभयो:ब्रिक्स पाँच मुलुकमध्ये सबैभन्दा बलियो शक्ति बोकेको चीनले यस संयन्त्रको विकासका लागि विश्वासको ठूलो भूमिका सिर्जना गरेको छ। चीन सरकारको शक्तिशाली समर्थन नभए ब्रिक्स राष्ट्र विकास बैंकको वर्तमान विकास उपलब्धि हासिल हुन सक्दैन थियो।

जानकारी तथा लेखहरु